हुम्ला । हुम्लाको सातवटा स्थानीय तह मध्ये तीन स्थानीय तहले गाउँपालिकाको आधिकारी लेटरपेडमा फागनु १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदा सूचना प्रकाशन गरेका छन् । जनयुद्ध दिवसका दिन सार्वजनिक विदाको विषयलाई लिएर जिल्लाको सिमकोट र चंखेली गाउँपालिकामा गठबन्धमै रहेका जनप्रतिनिधिको जुहारी सुरुभएको छ ।
सिमकोट गाउँपालिका कार्यवाह अध्यक्ष नन्द रावतको हस्ताक्षर सहितको सार्वजनीक विदा दिने सूचना आइतबार २८ गते प्रकाशन भएको थियो । कार्यवाहक अध्यक्ष रावतले गाउँपालिका मातहतमा रहेका विद्यालय, स्वास्थ्य लगायतका संघ संस्था फागुन १ गते विदा दिने सूचना रावतले जारी गर्नुभएको थियो ।
कार्यवाहक अध्यक्ष रावतले विदा दिने गरेको सूचना प्रकाशन भएको २४ घण्टा नवित्दै सोमबार २९ गते गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया सहितका ९ जना कार्यपालिका सदस्यले असमर्थन जनाउँदै प्रेस विज्ञप्ती निकाले हुन् । उपाध्यक्ष रोकाया सहित वडा–१ गोर्ख लामा, वडा–२ देवजङ बोहरा, वडा–४ प्रताप लामा,वडा–५ चीन रावत र वडा–७ का वडाध्यक्ष वलबीर शाही सहित सदस्यहरु गोपाल कामी, गुहेला रावत र कल्पना लामाले सार्वजनिक विदा नहुने भन्दै असहमती जनाएका छन् ।
सिमकोट गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचीत हुनुभएको हो भने उपाध्यक्ष रोकाया(भाम) नेपाली कांग्रेसबाट निवार्चती हुनु भएको हो । सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीन रावत नेकपा एमालेबाट निर्वाचीत वडाध्यक्ष हुन भने अन्य सबै जनप्रतिनिधि गठबन्धनबाट निर्वाचीत भएका हुन् । गाउँ कार्यपालिका सदस्यहरुको अनुपात हेर्ने हो भने नेपाली कांग्रेस ८ र एमालेका १ गरी नौ जना छन् भने माओवादीका ७ जना कार्यपालिका सदस्य रहेका छन् । सिमकोट गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका विजय भण्डारी(प्रतिरोध) हुन् ।
यस्तै दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाश शाहीले आफु जिल्ला बाहिर भएको मौकाछोपी कार्यवाहक अध्यक्ष, वडा–६ वडाध्यक्ष जय बहादुर सिराले आफ्नो मनोमानी ढंगबाट सार्वजनिक विदा दिने सूचना कार्य निन्दनीय भएको भन्दै प्रेस विज्ञप्ती निकाल्नु भएको छ ।
कार्यवाहक अध्यक्ष सिरालाई फोन सम्पर्कमा फागुन १ गते सार्वजनिक विदा दिने प्रावधान नरहेको जानकारी गराउँद–गराउँदै विदाको सूचना जारी भएपछि मंगलबार पालिका मातहतका कार्यालय सञ्चालन नगरी अटेरी गरी कार्यालय बन्द गराउने कार्यालय प्रमुख र वडाका वडा कार्यालयहरुलाई समेत नियम अनुसार कारवाही गर्ने चेतवानी विज्ञप्ती मार्फत दिएका छन् ।
शाही गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारबाट विजयी भएपनि अहिले नेपाली कांग्रेसमा प्रवेश गरी सक्नुभएको छ । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन चलिरहेको हुनाले जिल्लाका स्थानीय तहका अध्यक्ष उपाध्यक्ष यतिबेला काठमाण्डौं केन्द्रित रहेका छन् ।
यस्तै माओवादीको अखडा क्षेत्र मानिएको ताँजकोट गाउँपालिकामा सार्वजनिक विदाका सम्बन्धमा कुनै विज्ञप्ती प्रकासन भएको छैन् भने विवाद समेत भएको छैन् । ताँजकोट गाउँपालिका अध्यक्ष माओवादीका अध्यक्ष लालकेश जैसी हुन भने उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापा हुन् । ताँजकोटमा पनि माओवादी, कांग्रेसको गठबन्धनको स्थानीय सरकार छ ।
फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक विदाको विषयमा खार्पुनाथ, नाम्खा, सर्केगाड र अदानचुली गाउँपालिकाले अहिलेसम्म कुनै प्रतिक्रिया भने दिइ सकेका छैनन् । यी पालिकामा पनि माओवादी कांग्रेसका जनप्रतिनिधि छ ।
सार्वजनिक विदाको विषयलाई लिएर जिल्ला स्थित नेपाली कांग्रेस निकट र नेकपा माओवादी निकटले सामाजिक सञ्जाल फेसबुकमार्फत वादविवाद सुरु गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच