बाजुराको बुढीनन्दा नगरपालिकामा अज्ञात समूहले गरेको आगजनीको प्रहरी थाल्यो अनुसन्धान

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा आगजनी भएको छ । बिहीबार राति केही अज्ञात समुद्धारा नगरपालिकाको मुलढोका अगाडि राखिएको जेनेटर र जिआइजेट संस्थाको गाडीमा आगजनी भएको हो ।

राति मदिरा सेवन गरि केही अराज ब्यक्तिले यस्तो हर्कत गरेको र यो बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताउनुभएको छ । राति कसले आगो लगायो बिहानपख मात्रै थाहा पाएपछि अनुसन्धान सुरु गरिएको थापाले बताउनुभएको हो ।

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाका राम्रा काम प्रतिको प्रतिशोध साधेर नगरपालिकामा आगजनी र तोडफोड सुरु भएको बताउनुभयो । केही महिना पहिला नगरपालिकाको प्राबिधिक फाँटबाट ल्यापटप लगायतका सामान चोरी भएका थिए ।
हिजो प्राबिधिक तर्फका कर्मचारी परीक्षा थियो । परीक्षा निश्पक्ष र खुल्ला प्रतिस्पर्धाका आधारमा गरिएको थियो । हिजो नाम प्रतिस्पर्धामा आएर पास नभएका ब्यक्तिहरुबाट पनि यो भएको हुनसक्ने बोहोराले बताउनुभयो ।

हामीले पनि अनुसन्धान गरिरहेका छौँ यो बिषयमा कार्यपालिकाको बैठक बसालेर गहन रुपमा छलफल गरेर यो घटनामा संलग्न जो कोही भएपनि कानूनी कारवाही गरिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?