बैतडीको खोडपेमा प्रेसर हर्न बजाउन नपाइने

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको खोडपे बजार क्षेत्रमा गाडी पार्किङ र ठूलो आवाजमा हर्न बजाउन नपाइने भएको छ । बजार क्षेत्रमा जथाभावी सवारी साधनको पार्किङले सवारी दुर्घटनाको जोखिम बढेको भन्दै पार्किङमा रोक लगाउने निर्णय गरिएको खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष रामसिह बिष्टले जानकारी दिनुभयो ।

मंगलबार बजार व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी र प्रहरी सहितको संयुक्त बैठेकले सडकमा पार्किङ गर्न र प्रेशर हर्न बजाए कारवाही गर्ने निर्णय गरेको हो ।

सडक साँघुरो छ । त्यसमाथी सवारी साधन पार्किङले गर्दा दुर्घटनाको जोखीम उच्च हुन्छ । सडक छेउ र बजार क्षेत्रमा गाडी पार्किङ गर्न रोक लगाएका हौं, उहाँले भन्नुभयो । यस्तै बजारमा ठुलो आवाजमा हर्न बजाएर अनावश्यक रुपमा दुख दिने गरेकाले बजार क्षेत्रमा हर्न बजाउन निषेधित गरिएको बिष्टले बताउनुभयो ।
बजार क्षेत्रमा तिव्र गतिमा सवारी साधन चलाए वा ठुलो आवाजमा हर्न बजाए कारवाही गरिने बजार व्यवस्थापन समितिका सदस्य सन्तोष राईले जानकारी दिनुभभयो । बजार क्षेत्रमा विद्यालय संगै अन्य कार्यालयहरु हुने भएकाले अनावश्यक रुपमा पे्रशर हर्न बजाउँदा ध्यान उतै केन्द्रित हुने भएकाले ठुलो आवाजमा हर्न बजाए कारवाही गरीने वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टले बताउनुभयो ।

गत पुस महिनादेखि जिल्ला सदरमुकाम गोठालापानी बजार क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । निषेधित क्षेत्रमा जथाभावि प्रेसर हर्न बजाउने ४ वटा सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख दशरथ नाथले जानकारी दिनुभयो ।
ठूलो आवाज (प्रेसर ) मा हर्न बजाउने ४ वटा लामो दुरीका सवारी प्रेसर हर्न निकालिएको नाथले बताउनुभयो ।

यस्तै जिल्लाको गोठलापानी बजारमा हर्न बजाउने ११ओटा सवारीसाधनलाई पहिलोपटक सम्झाइबुझाइ गरेर छोडिएको र दोस्रोपटक पनि बजाएको पाइएपछि ४ ओटा सवारीसाधनबाट ५÷५ सय जरीवाना काटिएको उनले बताए । बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने उद्देश्यले हर्न निषेध गर्ने निर्णय गरिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?