सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न सकिँदैन : अध्यक्ष नेपाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताउनुभएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउनु भयो । उहाँले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताउनु भयो ।

उहाँले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गर्नुभयो । उहाँले गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनलाई कसैले ढाल्न सक्दैन । अहिले कुनै विकल्प छैन । लोकतन्त्रको पक्षपोषणहरु को हुन् ? संविधानका पक्षपोषकहरु को हुन् ? संघीयताका पक्षपोषक को हुन् ? ति मित्र नभएर शत्रु हुन्छन् ? त्यसैले अहिले हामी सहकार्य गर्दै अघि बढिरहेका छौँ । तर एउटा कुरा पक्का छ । यो गठबन्धनले नै हाम्रो पीडा पार लगाउँछ भन्ने सोच्ने होइन । यो गठबन्धन भनेको अहिलेको शक्ति सन्तुलनको आवश्यकता हो । यो शक्ति सन्तुलनको आवश्यकतामा हामीसँग विचार मिल्नेहरु अहिलेको राजनीतिक यथार्थतामा सँगै जान सक्नेहरुलाई साथमा लिएर जाने हो । यस अर्थमा हामी अहिलेका जति पनि राजनीतिक दलहरु छन्, तिनीहरुमध्ये अहिले सामेल भएका दलहरुबीचमा एकतालाई बलियो बनाउन चाहिरहेका छौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्शान पु¥याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताउनु भयो । -न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?