
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासिक अवधि पुस मसान्तसम्म २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको २२ अर्ब १० करोड ११ लाख ३७ हजारको तुलनामा ७९ करोड १७ लाख ५७ हजार (अर्थात् ३.५८ प्रतिशत) ले कम हो । कम्पनीका अनुसार २०८० पुससम्मको कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय १८ अर्ब सात करोड ७३ लाख ४८ हजारको तुलनामा ८३ करोड पाँच लाख ६९ हजार (अर्थात् ४.५९ प्रतिशत) ले कम हो ।
कम्पनीले पुससम्म झण्डै चार अर्ब अर्थात् तीन अर्र्ब ९३ करोड १४ लाख तीन हजार मुनाफा आर्जन गरेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको चार अर्ब २५ करोड ४७ लाख ७६ हजारको तुलनामा ३२ करोड ३३ लाख ७३ हजार (अर्थात् ७.६० प्रतिशत) ले कम हो । कम्पनीको प्रतिसेयर आम्दानी त्रैमासिक अवधिमा ४३.६८ रहेको छ ।
ओटिटी सेवाको बढ्दो प्रयोगले अन्तरआबद्धता आयमा गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको, मौसमको प्रतिकूल असरले विद्युत् आपूर्ति तथा मर्मतसम्भार कार्य समयमा हुन नसकेकाले साइट समयमा सञ्चालन हुन नसकेको, राष्ट्रको सञ्चार भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधार कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ३४ करोड सात लाखले कमी भएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच