नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका सामुदायिक माध्यमिक विद्यालयहरु डिजिटल बोडबाट कक्षा शिक्षण गरिने नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।
३७ वटा सामुदायिक विद्यालय रहेको बर्दघाट नगर भित्र ११ वटा सामुदायिक माध्यमिक विद्यालयहरु रहेका छन् ।
सरस्वती माध्यमिक विद्यालय कुन्जनपुरको ४ कोठे भवनको उद्द्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउँदै उहाँले आगामी शैक्षिक सत्र देखि सम्पूर्ण माध्यमिक विद्यालयमा डिजिटल प्रबिधिबाट कक्षा शिक्षण गरिने बताउनु भयो ।
बर्दघाट नगरपालिका भित्रका विद्यालयको भौतिक निर्माणको जिम्मा नगरले गर्छ । अब गुणस्तर शिक्षाको लागी शिक्षकले जिम्मेवारी लिनु पर्ने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
गुणस्तर दिन नसक्ने शिक्षकले जागिर छाड्नु पर्ने सामाजिक बिकास समिति सदस्य भिमकाजी गुरुङ्गले बताउनु भयो । 'कि आफ्नो क्षमता बिकास गर्नु कि जगीर छाड्नुहोस् । शिक्षामा गुणस्तर दिन नसक्ने बिषयगत शिक्षकले कि राजीनामा लेखेर घर जानुहोस् कि बर्दघाट नगरपालिकाबाट सरुवा हुनुहोस् ।' गुरुङले भन्नुभयो । नगर शैक्षिक सुधारमा लागेको बताउदै उहाँले शिक्षामा गुणस्तर दिन नसक्ने शिक्षक बर्दघाट नगरलाई आवश्यक नरहेको गुरुङको भनाइ छ ।
विद्यालयमा ४ कोठे भवन ७३ लाख १५ हजार ८ सय ७० रुपैयाको लागतमा निर्माण सम्पन्न भएको विद्यालयका प्राध्यानाध्यापक सोमनाथ अधिकारीले बताउनु भयो । बाल विकासदेखि १२ सम्म कक्षासम्म अहिले ५ सय ५६ विद्यार्थी रहेको बताउदै अधिकारीले विद्यालयलाई अब भौतिक सरचना पुगेको छ गुणस्तर सुधारका लाग्ने बताउनु भयो ।
शिक्षक अभिभावक सघको अध्यक्ष लक्ष्यम पाण्डे, पुर्व विद्यार्थी दामोदर जि.सि. र पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधुसूदन अर्याल विद्यालयको गुणस्तर वृद्धिमा लाग्नु पर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच