त्रिशुली जलविद्युतको सेयर नेप्सेमा आजदेखि कारोवार गर्न सकिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिशुली जलविद्युतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै बुधबारबाट कारोबार सुरु हुने भएको छ ।

मंगलबार नेप्से कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गरेसँगै बुधबारबाट कारोवार सुरु हुने भएको हो ।

नेप्सेले दोस्रो बजारमा कम्पनीको सेयर कारोवारको लागि टिभिसिएल कारोवार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोवारको लागि ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोवार रेञ्ज प्रदान गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?