काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेताहरुले पार्टी कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र पदाधिकारीहरुलाई प्रत्याह्वान गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधवार १३ वटा समूहले समूहगत छलफलको प्रतिवेदन बैठकमा पेश गरेका थिए । समूहगत छलफलको निचोड बैठक समक्ष प्रश्तुत गर्दै नेताहरुलाई पार्टी कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा जोड दिएका हुन् ।
त्यस्तै पार्टीका पदाधिकारीहरुलाई ‘प्रत्याह्वान’ गर्ने व्यवस्था गर्नुपर्नेमा पनि नेताहरुको जोड छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरुले पार्टीको विधान उल्लंघन हुँदैन भन्ने कुराको ग्यारेन्टी नेतृत्वले गर्नुपर्ने धारणा राखेका जानकारी दिनुभयो । पार्टीको केन्द्रिय कमिटी १५१ जनाको बनाउन अधिकांशको सुझाव रहेको पनि उहाँले बताउनु भयो । विधानलाई संक्षिप्त बनाउँदै नियमावली व्याख्यात्मक बनाउनुपर्ने सुझाव पनि नेताहरुले दिएका छन् । त्यस्तै पदाधिकारी र स्थायी कमिटीमध्ये एउटा कमिटी मात्रै राख्नुपर्ने नेताहरुले सुझाव राखेका उहाँले बताउनु भयो ।
प्रवक्ता सापकोटाले भन्नुभयो – ‘सर्वाधिक जोड दिइएको विषय, सबै ग्रुपले भनेको विषय चाहीँ के भने विधान उल्लंघन हुन्न भन्नेकुरा नेतृत्वले ग्यारेन्टी गर्नुपर्छ भन्ने नम्बर एक छ । अर्को, पार्टी चुस्त, दुरुस्त बनाउनुपर्छ भन्नेकुरामा अधिकांश १५१ जनाको केन्द्रिय समिति ठिक छ । यसमा घटीबढी गर्नुहुँदैन । पछि फेरि फेरबदल गर्नुहुँदैन भन्ने छ । विधान संक्षिप्त बनाउनुपर्छ । नियमावलीलाई चाहीँ मूर्त र ठोस बनाउन सकिन्छ । नियमावली व्याख्यात्मक भए हुन्छ । विधान चुस्त, दुरुस्त र सटिक हुनुपर्छ भन्ने सबैको छ । प्रत्यक्ष निर्वाचनमै जानुपर्छ भन्ने कुरा नै अधिकांशको सुझाव छ । पदाधिकारी र स्थायी समितिको हकमा धेरैजसोको पदाधिकारी राखे स्थायी समिति नराखे हुन्छ । स्थायी समिति राख्नेभए पदाधिकारी नराखेहुन्छ भन्नेकुरा जोड दिएर राख्नुभएको छ । पदाधिकारीहरुलाई प्रत्याह्वान गर्ने व्यवस्था राख्ने भन्नुभएको छ । डिजिटल प्रणालीमा जानुपर्छ भन्ने कुरामा विशेष रुपमा जोड दिइएको छ ।’
जनवर्गिय संगठनहरुको तत्काल सम्मेलनगरी पुनःगठन गरेर जानुपर्नेमा पनि नेताहरुको जोड छ । त्यस्तै व्यक्तिहरुलाई १६ वर्षमै पार्टी सदस्यता दिने व्यवस्था विधानमा गर्नुपर्ने धारणा पनि नेताहरुले राखेका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
बैठक भोलि (बिहीवार) बिहान ११ बजे पुनः बस्ने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच