काठमाडौं । नेपाली कांग्रेस, सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाभियान, केन्द्रीय समन्वय समितिको बैठकले लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा एक सल्लाहाकार परिषद् गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
परिषद्का सल्लाहाकारमा पूर्व सभामुख एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री विपिन कोइराला, पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, पूर्वमन्त्री रामचन्द्र अधिकारी, पूर्वमन्त्री दीपकप्रकाश बास्कोटा, पूर्व सांसद शंकरप्रसार पाण्डे, पूर्व सांसद मिठाराम विश्वकर्मा, पूर्व सांसद महेन्द्र मधुकर, पूर्व सांसद अजयकुमार द्विवेदी र कांग्रेस नेता दामोदर गौतम रहनुभएको छ ।
यसैगरी बैठकबाट महाभियान केन्द्रीय समन्वय समितिको सदस्यहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू भीम पराजुली, उर्मिला थपलिया, चन्द्र के.सी., गेहेन्द्र गिरी, मुक्ताकुमारी यादवलाई समावेश गरिएको छ । यस्तै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापतिहरू केशवप्रसाद दाहाल- ताप्लेजुङ, नेत्रबहादुर महत- म्याग्दी, कृष्ण के.सी.- कास्की, श्री दिपकजंग शाह- जाजरकोट, त्रैलोक्यप्रताप सेन- गुल्मी, खिमप्रसाद भुषाल- पर्वत, मानबहादुर रावल- अछाम, छन्दबहादुर पहराई- गुल्मी, कीर्तिबहादुर खड्का- दाङ लाई सदस्यमा थप गरिएको छ ।
त्यसैगरी, पूर्व प्रदेश मन्त्री सुरेन्द्र हमाल- बाँके, समरुम राउत गद्दी- पर्सा, श्री इन्द्र केदुम- ताप्लेजुङ, सन्तोष बशिष्ठ-झापा, दशराज श्रेष्ठ-काठमाडौं, आरती कार्की- पाल्पा, मोतिराज बम- कालिकोट, सुरेश यादव- महोत्तरी, अशोककुमार गुप्ता- पर्सा, पूर्व मेयर श्री हिरा के.सी.- रुपन्देही, शक्तिसिंह ठकुरी- कपिलवस्तु, कैलाश कोइराला-चितवन, पूर्व मेयर दिलिपप्रताप खाँड- स्याङ्जा, श्री ब्रम्हानन्द उपाध्याय- कपिलवस्तु, डा. जितु उपाध्याय- कैलाली (हाल क्यानडा) लाई पनि सदस्यमा थप गरिएको छ ।
साथै बुधबारको बैठकले केन्द्रीय समन्वय समितिको सचिवद्वयमा श्री भरतराज पौडेल- काठमाडौं र श्री मञ्जित ताम्राकार- बझाङलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी ५०१ सदस्यीय स्वयम् सेवक परिचालन समिति पनि गठन गरिएको सह-संयोजक तथा प्रवक्ता लोकेश ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बैठक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीको अध्यक्षतामा बसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच