![नारामै सीमित कृषि आत्मनिर्भरका सवाल](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/nara-ma-simit-krishi-atmanirvar-ka-sawal-surkhet.jpg)
काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेस गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव तयार पार्नुभएको हो । पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकमा पेस हुने नीति प्रस्ताव तयार भएको जानकारी दिँदै भन्नुभयो, ‘आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेस हुनेछ ।’ यस्तै, महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेस गर्नुहुने छ । महामन्त्री थापाले सांगठानिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने तयारी छ । महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव आज (बिहीबार) पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले पारित गर्नेछ । महासमिति बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको केन्द्रीय कार्यालयले जनाएको छ । महासमितिका लागि ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने नारा तय गरेको छ । महासमितिमा करिब दुई हजार तीन सयजना सहभागी हुनेछन् । कांग्रेसले २०७८ को मंसिरमा १४ औँ महाधिवेशन गर्दा नेतृत्व अधिवेशन मात्रै गरेर नीति अधिवेशनपछि गर्ने निर्णय गरेको थियो । फागुन ७ गते उद्घाटन र १० गते समापनका बेला कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने कांग्रेसले जनाएको छ ।
बैठकको तयारी पूरा
कांग्रेसले आसन्न फागुन ७-१० मा हुने महासमिति बैठकको तयारी पूरा भएको जनाएको छ । महासमिति बैठकको तयारीबारे पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकको तयारी पूरा भएको बताउनुभएको हो । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा महासमिति बैठक तयारी मूल समिति रहेको छ । जसमा केन्द्रीय समिति, प्रदेश समितिका सभापति, उपत्यकाका कांग्रेस जिल्ला सभापति सदस्य छन् । कांग्रेसले महासमितिका तयारीका लागि नौवटा उपसमिति बनाएको छ । प्रचारप्रसार उपसमिति संयोजकमा पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा छन् भने आर्थिक उपसमिति संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य अनिल रुंगटालाई दिइएको छ । आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदय शमशेर राणा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमिति संयोजकमा उर्मिला नेपाल केसी र इन्दु शर्मा (पर्वत) हुनुहुन्छ ।
यस्तै, प्रदेश समन्वय उपसमिति संयोजकमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमिति संयोजकमा ललितपुर सभापति जितेन्द्र श्रेष्ठ हुनुहुन्छ । कांग्रेसले ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म सडकमा पार्टीको झण्डा लगाउने विश्वकर्माले जानकारी दिनुभयो । महासमिति बैठकका लागि कांग्रेसले काठमाडौंको आठवटा गेट बनाएको छ भने ललितपुरमा ६ र भक्तपुरमा पाँचवटा गेट बनाएको छ । काभ्रेमा, धादिङ, नुवाकोटमा र मकवानपुरमा दुई-दुई गेट बनाएको छ । पाँच सय पोष्टर देशभर लगाइनेछ । कांग्रेस महासमिति बैठकमा ‘सेल्फी पोइन्ट’ बनाइने छ । महासमिति प्रतिनिधिलाई महाधिवेशन स्थलबाट आउन र जान यातायातको व्यवस्था गरेको छ । बिहान खाजा-खाना, दिउँसो खाजाको व्यवस्था गरिएको छ । साँझको खाना र आवासको जिम्मा महासमिति सदस्य आफैँले गर्नुपर्ने छ ।
सरकारप्रति नागरिकको गुनासो बढ्यो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताउनुभएको छ । संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रूपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको जानकारी दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुंगिसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ । जुन कुरा सरकारले गर्नसक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।’
प्रचण्डको अभिव्यक्तिले सत्ता गठबन्धनमा तरंग
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको भनेर गरेको टिप्पणीले सत्तारूढ दलभित्र तरंग उत्पन्न भएको छ । पार्टीको विधान सम्मेलन सुरु हुनुभन्दा अघिल्लो दिन बसेको माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मुलुकको राजनीतिक परिस्थितिको विश्लेषण गर्दै माओवादीका लागि कांग्रेससँगको गठबन्धन फलदायी बन्न नसकेको ब्रिफिङ गर्नुभएको थियो । डप्रचण्डको यस्तो अभिव्यक्तिबारे सत्ता गठबन्धनमा रहेका दलले संस्थागत रूपमा कुनै धारणा दिइनसके पनि केही नेताहरूले भने आश्चर्य प्रकट गरेका छन् । सत्तारूढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे दिएको अभिव्यक्तिले आफू आश्चर्यमा परेको प्रतिक्रिया दिनुभएको छ । सत्ता गठबन्धनको अर्को दल जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै गबन्धन फेर्दा डुब्ने काम मात्रै हुने टिप्पणी गर्नुभएको छ । सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको अभिव्यक्ति सोचनीय रहेको बताउनुभएको छ । यो विषयबारे पार्टीमा छलफल हुने उहाँको भनाइ छ । कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रको मात्रै लाभका लागि कांग्रेसले गठबन्धन नगरेको जवाफ दिँदै भन्नुभएको छ । ‘प्रचण्डजीलाई लाभ दिनका लागि कांग्रेसले गठबन्धन गरेको होइन । उहाँले किन यस्तो बोलिरहनु भएको छ थाहा छैन ।’ प्रचण्डको अभिव्यक्ति सार्वजनिक भएकै दिन पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व गर्न दिएको भन्दै उसका लागि त्यो नै लाभदायक भएको जवाफ दिइसक्नु भएको छ । कांग्रेसका केही नेताहरूले भने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति घुर्की र बार्गेनिङका रूपमा व्याख्या गरेका छन् ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीका नेता कार्यकर्तालाई थामथुम पार्न सत्ता सहयात्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिँदा माहोल बिग्रिन सक्नेतर्फ सचेत गराउँदै भन्नुभयो, ‘प्रचण्डको यो अभिव्यक्ति पार्टीभित्र कांग्रेसले धोका दियो भन्ने गुनासोलाई थामथुम पार्न मात्रै थियो त ? कि यसमा ठूलो राजनीतिक सन्देश र संकेत पनि छ ? तत्कालको असन्तुष्टि र कार्यकर्तालाई सन्देश दिने कुरा एउटा होला । तर, दीर्घकालीन रूपमा कांग्रेसप्रति लक्षित हो भने यस्तो अभिव्यक्ति सामान्य होइन ।’ कांग्रेसका कतिपय नेताले प्रचण्डको अभिव्यक्ति कांग्रेसलाई दबाब दिएर प्रधानमन्त्रीमा दुई वर्षे आलोपालोलाई थप बढाउने रणनीति पनि मानेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले कोशीमा एकपछि अर्को गर्दै कांग्रेसबाट धोका पाएपछि सन्देश व्यक्त गर्नुलाई अस्वाभाविक मान्न नहुने जिकिर गर्दै भन्नुभयो, ‘कांग्रेसबाट पटक-पटक धोका पाएकाले उहाँले केही आवेगमा आएर बोल्नुभएको छ । तर, भेट्दा उहाँ गठबन्धन तोड्ने र फोड्ने पक्षमा देखिनुभएको छैन ।’ पछिल्लोपटक माओवादी केन्द्र राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको फ्लोर क्रस र प्रधानमन्त्रीले मन्त्री परिवर्तन गर्न खोज्दा कांग्रेस सभापति देउवाले रोकेको विषयमा रुष्ट छ । राष्ट्रियसभा अध्यक्षको लागि दाबी गरेको कांग्रेसलाई दबाबमा राखेर अध्यक्षमा आफ्नो उम्मेदवार अघि सार्ने रणनीतिअन्तर्गत पनि प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको हुनसक्ने नेताहरूको बुझाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच