सुर्खेत । राष्ट्रिय खेलकुद परिषद (राखेप)को इतिहाँसमा पहिलो पटक कर्णाली प्रदेशले खेल पोसाक दर्ता गरेको छ । राष्ट्रिय खेलकुद परिषदमा आफ्नै खेल पोसाक दर्ता गर्ने कर्णाली पहिलो प्रदेश बनेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदले कर्णालीका खेलाडीको लागि तयार पारेको खेल पोसाक औपचारिक रुपमा दर्ता गरेको हो । परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा खेल पोशाक दर्ता गर्नुभएको छ ।
राष्ट्रिय खेलकुद परिषदको इतिहाँसमा पहिलो पटक खेल पोसाक कर्णालीले दर्ता गरेको भन्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यो एक ऐतिहाँसिक काम भएको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदको इतिहासमा यो नौलो काम भएको उहाँ बताउनुहुन्छ ।
‘खेल पोसाकको महत्व के हो ? भन्ने कर्णालीले राम्रो नजिर स्थापित गरेको छ’ सदस्य सचिव घिसिङले भन्नुभयो, ‘त्यसको लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई धन्यवाद छ । यो खेल पोसाकले कर्णालीको पहिचानलाई समेत समेटेको छ ।’
इता कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले कर्णाली प्रदेशले दर्ता गराएको खेल पोशाक कर्णालीका खेलाडीले राष्ट्रिय तथा अन्तर प्रदेश प्रतियोगितामा लगाउने बताउनुभयो । ‘अब कर्णालीका खेलाडीहरु कुनै पनि खेलमा आफ्नो पहिचान सहितको पोसाकमा देखिनेछन्’ संज्यालले भन्नुभयो, ‘यसले कर्णालीको पहिचान मात्र नभई खेल पर्यटनलाई समेत प्रबद्र्धन गर्नेछ ।’
यसअघि ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म राष्ट्रिय खेलकुद परिषदले ७ प्रदेश र ३ विभागिय टिमलाई एकद्वार प्रणालीबाट एउटै खालको पोसाक वितरण गर्दै आएको थियो । तर देश संघीयतामा गइसकेपछि राष्ट्रिय खेलकुद परिषदले अब त्यस्तो गर्न नहुने सदस्य सचिव संज्याल बताउनुहुन्छ ।
खेलमा एक प्रदेशको पोसाक अर्को प्रदेशसँग पनि मिल्ने संभावना हुन्छ । तर अब कर्णालीका खेलाडीले लगानउे पोसाक अरुसँग मिल्ने छैन । हाल कर्णालीले दर्ता गराएको पोसाकको कलर अब अन्य प्रदेशले वा विभागिय टिमले बनाउन पाउने छैनन् ।
खेलाडी गेम जर्सीमा कर्णालीमा पाईने बहुमुल्य जडिवुटी यार्सागुम्बा, दुर्लभ जनावर याक र धार्मिक पर्यटकीय क्षेत्र हिमाल, रारा, पंचदेवल, काँक्रेविहार र कर्णाली नदिको चिनारी अंकित निलो आकाशे रंग र रातो नेपाली झन्डा रंगमा २ वटा गेम जर्सी सेट बनाइएको छ ।
यस्तै खेलाडी मार्चपास पोसाकमा कर्णालीमा उत्पादन हुने अल्लो तथा भाँगोको रेशाबाट आफ्नो मौलिकताको सफारी सुट, ह्याट र बेल्ट सेट बनाइएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदले राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन सम्बन्धि निर्देशिका २०७९ को परिच्छेद ५ को दफा १६ मा उल्लेख भए बमोजिमको खेलाडी पोसाक बनाएको हो ।
आगामी बर्ष २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि र राष्ट्रपति रनिङ शिल्ड संचालन सम्बन्धि निर्देशिका २०७० को परिच्छेद ३ को दफा १२ को उपदफा ११ वमोजिमको खेलाडी पोसाक प्रयोजनार्थ आफ्नो खेल पोसाक दर्ता प्रक्रिया बढाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच