काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक फागुन ८ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
पार्टी महासचिव शंकर पोखरेलले पार्टी कार्यालय च्यासलमै केन्द्रीय कमिटी बोलाइएको बताउनु भयो ।
साथै बैठकमा पछिल्ला समसायिमक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उहाँले बताउनु भयो ।
त्यस्तै एमालेले आफ्नै पार्टी कार्यालय स्थापना गर्ने निर्णयसमेत गरेको छ। त्यसका लागि नेता कार्यकर्ताबाट एक सय रुपैयाँ सहयोग अभियाना सञ्चालन गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
आजको बैठकले केही विभागहरुको मनोनयन गरेको पनि उहाँले बताउनु भयो । जसअनुसार पार्टीको प्रचार तथा प्रकाशन विभागमा तीन जना मनोनीत भएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच