काठमाडौं । बालुवाटारको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएको छ । सोही प्रकरणमा विशेष अदालतले भाट भटेनीका मालिक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।
अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको भन्दै गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई भने दोषी ठहर गर्दे सजाय तोकिएको हो ।
त्यस्तै तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाउनु भएको छ । सोही प्रकराण्मा पूर्व भुमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाउनु भएको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उहाँहरुले सफाइ पाउनु भएको हो ।
मन्त्रालयले गरेको नीतिगत निर्णयका आधार मात्र उहाँहरुको कसूर नदेखिएको भन्दै अदालतले सफाइ दिइएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच