उदयपुरको डुम्रीबोटवाट कोशी मानव वस्तीमा पस्यो, पाँच जोखिम बस्तीमा उच्च सर्तकर्ता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

उदयपुर । बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन ।

सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन ।

पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी मानव वस्तीमा पसेको र सो क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिएको नगर प्रमुख अशोक कार्कीले बताउनुभयाे ।

उहाँका अनुसार बुधवार बिहानसम्म करिब २५ मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ भने कटानको क्रम जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै स्थानियलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको कार्कीले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?