इनरुवा-दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

इनरुवा । कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा-दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवा-१ मा आज स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गर्नुभयो । “सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्यौलता थियो । अब त्यो समस्या समाधान भएकाले निर्माण चाँडै सुरु हुन्छ”, उहाँले भन्नुभयो ।

फरक प्रसङ्गमा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका सबै १० वर्षमुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्करुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले यस जिल्लाको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताउनुभयो । त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, इनरुवा-५ का वडाध्यक्ष अनिल पोखरेल, कांग्रेस सुनसरीका पङ्कज महतो, वीरेन्द्रकुमार साहलगायतको सहभागिता रहेको थियो । सहभागीले इनरुवा-दुहबी सडक निर्माण सुरु गर्नका लागि आग्रह गरेका थिए । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?