दोलखा । घुम्ने मौसम पनि बिस्तारै सुरु हुदै छन । वसन्तऋतुको आगमन सङ्गै मौसमाअ सुधार आउन साथ नया पालुवाको सुरुवात हुन्छ । यस्तै मौसममा काठमाडौं बाट कतै नजिकै घुम्न जाने स्थान हरु थुप्रै छन ।
गाडीमा ड्राइभ होस या हाइकिङ , ट्रेकिङ अब विस्तारै पर्यटकिय क्षेत्रहरु भरि भराउ हुन सुरु हुन्छ । काठमाडौं बाट नजिकको कुनै ठाउँ सोच्नु भएको छ भने एक दिन ड्राइभमा पुगिन सकिने र केहि घण्टाको पैदल यात्रामा आफ्नो आखै अगाडी गारीशंकर देखि सगरमाथा ,नुम्बुर सम्म देखिने स्थान हो चेर्दुङ ।
चेर्दुङ, नेपालकै स्वीजरल्याण्डको उपनामले चर्चित नगरी दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो । जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाईरहेको । समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाईमा रहेको यस चेर्दुङ प्राकृतिक रूपमा मनोरमको धनी हुनुका साथै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल ।
डाँडाको सुन्दर पाखामा खुल्ला आकाश मुनी महादेव शीला छ । जहाँ भक्तजनले चढाएका त्रिशूल नै त्रिशूल छन्। ध्वजा तथा खाताले शीलालाई सिँगारिएको छ ।वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्दछ । यहाँ पूजा गर्नाले रोग व्याधी नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास रहेको पाईन्छ। बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ ।
चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौं हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुु लगायतका दृश्य हेर्न पाईन्छ ।
डाँडैबाट सूर्योदय र सूर्यस्तको आनन्द लिन सकिन्छ । बाटोमा चेर्दुङ नपुग्दै बाटोमा क्याङसे पोखरी रहेको छ । उक्त पोखरी सानो भए पनि मनै लोभ्याउने छ । रूखको छायाँमा बसेको सुन्दर पोखरी क्याङ्से नजिकै सानो चौरी गोठहरू पाईन्छ । वरिपरी रूखहरू भएता पनि पोखरीमा रूखको पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने गरेकाले त्यस पोखरीमा पात हुँदैन ।यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन ।
जिरी बजार बाट करिब ३–४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करिब १ घण्टामै पुगिन्छ । यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरूङ्गीका भाका सुन्न पाइन्छ। यहाँ गोठमा छुर्पी बनाईरहेको हेर्न र चाख्न पनि पाईन्छ। यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ती नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ।
कसरी पुग्ने चेर्दुङ
जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ । विशेषतः (पैदल यात्रा ६,७ घण्टा) जिरीबजार–गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाडा–क्याङ्से पोखरी–चेर्दुङ मोटरबाटो (१ देखी २ घण्टा) जिरी बजार –रातमाटे–कुथामे–जोरमाने–क्याङ्से पोखरीसम्म अनि त्यहाँबाट ३ घण्टा पैदल यात्रा पछि चेर्दुङ डाँडा पुग्न सकिन्छ ।
- मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच