
ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा छाडा कुकुरले जथाभावी मान्छे टोक्न थाले पछि नागरिक त्रसित भएका छन् । दुई दिन देखि लगातार रुपमा कुकुरले टोकेर ७ जनालाई घाइते बनाएको छ ।
बाटो हिड्ने बटुवा देखि होस्टलमा बस्ने विद्यार्थी बच्चालाई समेत टोकेर घाइते बनाएको स्थानिय बासीले बताएका छन् । घाइतेहरु ३ जनालाई सामुदायिक अस्पताल मिसन सोब्रुमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाण्डौ लगिएको नगर प्रहरी प्रमुख टिपी अधिकारी (सन्तोष) ले जानकारी दिनुभयो ।
कुकुरले टोकेर घाइते भएकाहरु रिया बोगटी वर्ष ७, प्रिया तामाङ वर्ष १०, भूमिका राई खोटाङ वर्ष १८, क्रिसल कार्की वर्ष १०, जानुका पराजुली, भूमिका राई ओखलढुंगा र हेलिना श्रेष्ठलाई आक्रमण गरी टोकेको छ । त्यस मध्ये जानुका राई, भूमिका राई क्रिसल कार्कीलाई थप उपचारका लागि काठमाण्डौको टेकु अस्पताल लगिएको छ । अन्य लाई यहि उपचार पछि घरमा राखिएको छ । अरुलाई बाटोमा आक्रमण गरेको तर टोक्न भने नसकेको बताएका छन् । स्थानियको बाख्राहरुलाई पनि टोकेको स्थानियको गुनासो रहेको छ । स्थानिय गोपाल खत्रीको खसीलाई पनि टोकेर घाइते बनाएको र नगरपालिकामा ल्याई रेबिजको सुई लागाइ लगेको बताएका छन् । कुकुरले टोकेका मध्ये अधिकाँस विद्यार्थी रहेका छन् । दुई जना क्याम्पस पढ्ने र अरु लालीगुँरास इङ्लीस स्कुलमा र १ जना शुभतारा इङ्लीस स्कुलमा अध्ययन गर्ने विद्याथीहरु रहेका छन् ।
कुकुर नियन्त्रणका लागि सिद्धिचरण नगरपालिकाले बेवारिसे कुकुरलाई समाउने रेबिज बिरुद्धको भ्याक्सिन दिईरहेको जानकारी दिएको छ । शुक्रबार देखि शनिबार दिउसो सम्म १४ वटा कुकुरलाई समातेको र थप कुकुर समाउने कार्य जारी रहेको नगर प्रमुख अधिकारीले बताउनु भयो । नियन्त्रणमा लिएका मध्ये ६ वटालाई भ्याक्सिन दिए पश्चात छोडिएको र बाँकी ९ वटालाई भने भ्याक्सिन दिएर नियन्त्रणमै राखिएको बताएका छन् ।
बेवारिसे कुकुरलाई समाई नियन्त्रण गर्नको लागि कयरे सेवासमाज गुठी र नेपाल प्रहरीले नगरपालिकालाई सहयोग गरेको थियो । कुकुर बहुलाएको हुन सक्ने स्थानियको आशंका रहेको छ । नियन्त्रण लिएका मध्ये जुन टोक्ने कुकुर चाहि नभेटेकाले अझै सजग रहनु पर्ने बताएका छन् । आ–आफ्ना घरपालुवा कुकुरलाई छाडा नछोड्न र स्थानियबासीलाई सजग रहन नगरपालिकाले माइकीङ्ग मार्फत आग्रह समेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच