
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गर्दा कांग्रेसको भोट घट्दै गएको दाबी गर्नुभएको छ ।
महासमितिको बैठकको पूर्वसन्ध्यामा आइतबार चियापान कार्यक्रममा कोइरालाले यस्तो दाबी गर्नुभएको हो ।
उनले भने,‘जिल्ला जिल्ला घुम्दा हामीले एक्लै चुनाव कहिले लड्ने हो रु हाम्रो चिन्हमा भोट कहिले हाल्न पाउँछौं भनेर प्रश्न गर्नुहुन्छ। सरकारमा चारैतिर बहुमतमा छौं तर भोट घट्दै गइरहेको छ। गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसको भोट घट्दै गएको छ। यसतर्फ नेतृत्वको ध्यान गएको छैन। उनले भोट किन घटिरहेको छ विश्लेषण गरिरहेका छैनौं।’
सोमबारबाट सुरु हुने महासमिति पेश हुने प्रतिवेदनमा विरोधाभास देखिएको भन्दै उहाँले थप परिमार्जन हुनुपर्ने माग गर्नुभयो ।
‘केन्द्रिय समिति बैठकमा कताकता प्रतिवेदनहरुमा विरोधाभास आएका छन्। भोलि तपाईंले प्रतिवेदन पाउनुहुन्छ। युनिफाइड दस्तावेज जाओस् भन्ने चाहन्छु। प्रतिवेदन परिमार्जन हुँदै होला, होस् भन्ने मेरो चाहना हो।’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच