४४ बर्षीय कार्यपालिका सदस्य ७ कक्षामा पढ्दै

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । दुई छोरा र एक छोरीका छन उनका । आफुले विभिन्न कारणले पढ्न नपाए पनि छोरा छोरीलाई राम्रो पठाउने योजना थियो उनको । तर उनले खोजे जस्तो भएन उनका दुबै छोराले पढ्न मानेनन त्यसपछि छोराहरुलाई पढाउने योजना रहेको उनी अर्थात बुद्देराम बिक। आफै पढ्न थालेका छन । बुधबार बसन्त पन्चमी अर्थात सरस्वती पुजा । विद्याकि देबी सरस्वतीको पुजा गरिरहदा उनी आफ्ना दुई छोरालाई सम्झिदै निरास हुन्छन । अहिलेको समयमा पनि मेरा छोराहरुले पढेनन् । के गर्ने रु प्रश्न गर्दै भन्छन् ।

बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य बि।क अहिले बर्दघाट १४ मा कुन्जनपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै हुनुहुन्छ । यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

आज भन्दा ३० बर्ष पहिले कक्षा ८ मा पढेको बताउदै बिकले आफू ३० बर्ष पछि कक्षा ७ मा भर्ना भएको बताउनु भयो । उमेरले ४४ बर्ष पुग्नु भएका बिकको छोरी ६ कक्षामा पढ्दै छ्न । छोरी बिद्यालय आउने गरेको उहाँ बताउँदै उहाँ भन्नुहुन्छ, “बिहान खाना खाएपछि छोरी र म संगै स्कुल आउछौ । बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य भएर पनि अनपढ जस्तो हुदा कार्यपालिकाका निर्णयहरु पढ्न र ती निर्णयहरुको प्रभावकारीता बुझन कठिन भएको हुदा पढ्न थालेको बताउनु भयो ।”

अहिले हरेक ठाउँमा पढाइ चाहिने रहेछ त्यसैले पढ्नका लागि नै भर्ना भए ू बि।क।ले भन्नु भयो । अरु बेला भन्दा सामाजिक ब्यक्तित्व भइसकेपछि समाजले हेर्ने दृष्टिकोण फरक नै हुने तर आफुलाई शिक्षाकै कारण पछाडि परेको महसुस गरीरहे उहाको भनाइ ।

“उमेर गएपनी पढ्न एकदमै उत्साह र रमाईलो लाग्छ, म बिद्यालय जान थापेपछी छोरीपनि खुसी छ । विद्यालय जान थालेको थाहा पाएका धेरै महिला मुलत बालबच्चा भएका गृहणिले पनि हामी पनि पढ्नु पर्छ जस्तो लाग्यो । समय नमिल्दा दैनिक रुपमा जान कठिन छ तर गैरहेलै छु ।” बिकले भन्नुभयो ।

सरस्वती माध्यामीक विद्यालयका प्रधानाध्यापक सोमनाथ अधिकारीले कार्यापलिका सदस्य बिकले निकै नै मेहनत गरेर पढाइ प्रती चासो दिने गरेको बताउनुभयो ।

शिक्षालाई उमेरले नछेक्ने बताउदै अधिकारीले बि।क।ले यो उमेरमा पनि शिक्षा आर्जन गर्न खोज्न बिषय सकारात्मक रहेको बताउनु भयो । उहाँको उर्जा र हौसला देखेर अरु बिद्यार्थीलाई पनि पढ्नु पर्छ भन्ने कुराले छोएको छ।उहाँले परिक्षामा कस्तो अंक ल्याउनु हुन्छ भन्ने तर्फ भन्दा पनि पढ्नु पर्छ भन्ने कुराको बोध हुनु नै मुख्य कुरा रहेको अधिकारिको भनाई छ ।

आफू जाने हरेक कार्यक्रममा शैक्षिक ब्यक्तिहरुको प्रस्तुति देखेपछी आफू प्रभावित भएको कार्यपालिका सदस्य बि।क।ले बताउनु भयो ।ूअहिले त पढ्न चाहनेका लागि पहिला जस्तो अवस्था छैन निकै सहज छ। कार्यपालिका सदस्य भएकाले धेरै कार्यक्रममा बोलाईन्छ तर समय मिल्ने बितिकै अध्ययन गर्ने गरेको उहाँ बताउनु हुन्छ । “७ कक्षा पास भएपछि मात्र आफू पढ्न थालेको कुरा बाहिर आओस भन्ने चाहाना हो” उहाँले भन्नू भयो ।

सन्चार माध्यममा आफ्नो बारेमा आउदा विभिन्न नकारात्मक टिकाटिप्पणी आउने होकि भन्ने तर्फ चिन्ता हुने गरेको बिकको भनाई छ । “मैले कसैलाई देखाउन वा चर्चामा आउन भर्ना भएको होइन जिवनमा शिक्षाको महत्व बुझे। हिजो अवसर पाईएन आज अवसर पाउँदा किन नपढ्ने भन्ने कुरा मनमा लाग्यो” बिकले भन्नू भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष एब समाजिक बिकास समिति संयोजक भिमकाजी गुरुङले बिकले पहिलो भन्दा अहिले नगर र वडाका बिषयमा चासो दिनु भएको बताउनु भयो । “बुद्देराम बिक ज्युले अहिले विभिन्न प्रस्तावहरुमा चासोका साथ छलफलमा सहभागी हुनुहुन्छ ।”गुरुङले भन्नुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ का स्थायी बासिन्दा बिकको यो कदमले आम बिद्यार्थी मात्र नभएर सबैलाई प्रेरणा मिलेको स्थानियको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?