हेटौंडा । प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला-२०८० हेटौंडामा आरम्भ भएको छ । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा शनिबारदेखि चलचित्र पत्रकारिता कार्यशाला आरम्भ भएको हो । मंगलबारसम्म चल्ने राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाको आइतबार औपचारिक उद्घाटन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीलगायत व्यक्तिहरूद्वारा हेटौंडाको पल्पसा प्याराडाइज होममा आइतबार औपचारिक उद्घाटन गरिएको हो । भेलामा ११ सेसनमा चलचित्र र पर्यटनका संवादबारे छलफल गरिनेछ ।
उद्घाटनको दिन बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदामाथि छलफल भएको छ । प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचरसंहितामाथि छलफल गरेको थियो । यस्तै, विज्ञापन बोर्डले अनलाइन व्यवस्थापकसम्बन्धी कार्यशाला गरेको छ ।
आइतबारको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकारबीचको दूरी बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको भए पनि हाल उक्त परिस्थिति विपरीत भइरहेको जिकिर गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले चलचित्र ऐन नबन्दा चलचित्र क्षेत्रको विकासका काम गर्न समस्या भइरहेको सुनाउनुभयो । चलचित्र ऐन निर्माणका लागि बोर्डले काम गरिरेहको उहाँको भनाइ थियो । नेपाली चलचित्र क्षेत्र वर्तमान अवस्थामा आइपुग्नुमा पत्रकारहरूको अहम भूमिका रहेको उहाँले बताउनुभयो । अध्यक्ष केसीले भन्नुभयो, ‘चलचित्र ऐन पारित नहुँदा चलचित्र क्षेत्रको विकासका काममा समस्या भएको छ । चलचित्र क्षेत्रको विकासका लागि ऐन निर्माणका लागि बोर्डले काम गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘हाल ऐन निर्माणका लागि अन्तिम ड्राफ्ट गर्ने काम भइरहेको छ । चलचित्र विकास बोर्डलाई स्वायत्त राख्ने गरी ऐन तयार गरिएको छ । विगतमा थोरै पत्रकारहरू चलचित्र क्षेत्रमा बोल्ने र लेख्ने काम गर्थे । अहिले थुप्रै पत्रकारहरू चलचित्रलाई विश्वव्यापी बनाउने काममा जुट्ने गरेका छन् ।’
विदेशी चलचित्रको अतिक्रमणबाट बचाउने र नेपाली चलचित्रलाई प्रोत्साहन गर्नेतर्फ पत्रकारहरूले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । मानिसहरूमा भएका कमीकमजोरीलाई सकारात्मक आलोचनासहित सुधार गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यशालामा सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तक्र्रिया, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विभिन्न कार्यक्रम गरिने संघका केन्द्रीय अध्यक्ष बलामीले बताउनुभयो । स्थानीय ठाउँहरूलाई नेपाली चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताउनुभयो । सोमबार सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, सिनेमा सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि विषयहरूमा संवाद र अन्तर्किया कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच