भोजपुर । बालश्रम मुक्त समाज निर्माणका लागि घर परिवारमा रोजगारी आवश्यक रहेको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका छन्उ ।
भोजपुरमा मंगलवार आयोजित वालश्रम रोकथाममा निजी क्षेत्रको प्रतिबद्धता विषयक अभिमुखिकरणमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरुले बालश्रम मुक्त समाज निर्माणमा सवै बीच सहकार्य जरुरी रहेको बताएका हुन् ।
उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले परिवारको आर्थिक बिपन्नताका कारण बालबालिकाहरु पनि श्रममा लाग्न बाध्य भएकाले परिवारका सदस्यहरुका लागि सिपमुलक कार्यक्रम ल्याउन सकेमा बालश्रम न्युनीकरणमा टेवा पुग्ने बताउनु भयो ।
बालबालिकाहरुलाई बालश्रमबाट छुटकारा दिलाउन निजी क्षेत्रको साझेदारीमा स्थानीयतहहरुले परिवारका सदस्यहरुलाई सम्वोधन हुने खालका कार्यक्रमहरु ल्याउन जरुरी रहेको अध्यक्ष मोक्तानको भनाई छ । बालश्रममा संलग्न १८ बर्ष मुनिका बालबालिकाहरुको अवस्था बुझ्ने कार्यमा शिक्षकहरुकोसमेत महत्वपूर्ण भुमिका हुने अध्यक्ष मोक्तानले बताउनुभयो । उहाँले भोजपुर नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा कार्यमा निजी क्षेत्रले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
भोजपुर नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणाका लागि अहिले नगरले अन्तराष्ट्रिय श्रम संगठनको साझेदारीमा आवश्यक तयारी गरि रहेको छ । नगरपालिकालाई बालश्रम मुक्त बनाउन सरोकारवाला निकायहरु सवैको सहयोग आवश्यक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढु्ंगेलले बताउनुभयो । विशेष गरी विद्यालयमा अध्यनरत विद्यार्थी नियमित विद्यालयआएका छन् छैनन भन्ने बुझ्ने काम विद्यालयबाट पनि हुनु पर्ने ढुंगेलको भनाई छ ।
भोजपुर नगरपालिका वडा नम्वर ७का वडाध्यक्ष जय बहादुर तामाङको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा ब्यवसायी, नागरिक समाज, शिक्षक, यातायात ब्यवसायीलगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रम भोजपुर नगरपालिका वडा नं. ७का वडा अध्यक्ष जय बहादुर तामाङको अध्यक्षतामा भएको थियो । उद्योग वाणिज्य संघ, नागरिक समाज, पेशागत संघ, संगठन, यातायात संघ, यातायात व्यवसायी, विभिन्न व्यावसायी, शिक्षक, पत्रकारलगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच