अटो दुर्घटनामा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ  बजारतर्फबाट  मकवानपुरगढी गाउँपालिका-४ ज्वालादेवीतर्फ आउने क्रममा ना२.ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो ।

घाइते  भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई  उपचारका लागि हेटाैँडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएकोे जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?