नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका अपाङ्गता भएकाहरुले अपाङ्गताकै कारण बिरामी हुँदा उपचारमा समस्या भएको बताएका छन् । आर्थिक र भाषिक समस्यका कारण उपचारमा ठुलो समस्य भएको उनीहरुले बताए ।
"बिरामी भएर हामी उपचारका लागी अस्पतालमा जान्छौं, डाक्टर बोल्नु हुन्छु हामी बुझ्छौ, हामी बोल्छौ तर र डाक्टरले बोझ्नु हुँदैन ।" बर्दघाट नगरपालिका वडा नम्बर ०९ पन्चनगरका अर्जुन रिजाललेले भन्नुभयो ।
अपाङ्गताका कारण अस्पताल जान नै कठिन हुने र जन तन अस्पताल पुग्यो । अस्पतालमा दोभासे हुदैनन् डाक्टरले बिरामी बोलेको डाक्टरले नबुझ्ने र सहि उपचार नपाउने गुनासो गरेका छन । "हामी दुबै श्रीमान र श्रीमती अपांग छौँ । कहिले काहीं बिरामी हुँदा उपचार गर्ने निकै कठिन भएको छ । अस्पताल त पुग्छौ तर डाक्टरले के भयो भन्नुहुन्छ, हामी बोल्छौै तर हाम्रो भाषा उहाँले बुझ्नु हुँदैन ।" रिजालले भन्नुभयो ।
उपचार मात्रै होइन अन्य विभिन्न काम गर्ने समेत निकै कठिन भएको रिजालको भनाइ छ । दोभासे नहुँदा राम्रो दोभासे नहुदा कुनै पनि काम गर्न सहज नहुने बताउदै उहाले स्थानीय सरकारलाई दोभासेको ब्यवस्थापन गरिदिन आग्रह समेत गर्नु भयो । छोरा छोरी छैनन् श्रीमान र श्रीमती दुबै जना अपाङ्ग छौं भबिस्य के कसरी चलाउने होला चिन्तित हुँदै रिजाल भन्नुहुन्छ-" अपांग भएर जीवन निर्वाह गर्न निकै कठिन रहेछ ।"
रिजाल भन्नुहुन्छ "अहिले त जनतन जीवन चलेकै छ पछि बिरामी हुँदा के कसरी उपचार गर्ने होला हामी कमाइ नभएकालाई चिन्ता नै त्यही छ ।" अपाङ्गताका कारण रोजगारी नपाउने समस्या बढी रहेको बताउदै उहाले शारीरिक भन्दा बढी चपेटा त आर्थिकको हुने रिजालको भनाइ छ । "सरकारले अपाङ्गता भएकालाई निशुल्क स्वास्थ्य बिमा र अस्पतालमा दोभासेको ब्यवस्था गरिदिए राम्रो हुने थियो ।"
रिजालको मात्रै होइन बर्दघाट १२ भटौलिया बस्ने उजेली बि.क.को पनि पीडा अपांगता भएकै कारण घर परिवारका नजिकका सदस्यबाट हेला हुनु परेको पिडा सुनाउनु भयो । " अपाङ्गता भएका कारण आर्थिक आर्जनमा निकै कठिन हुने रहेछ । अहिलेको समाजले पैसा मात्रै चिन्छ मैले अपाङ्गता कै कारण जागिर खान र पैसा कमाउन निकै कठिन महसुस गरेकी छु, अपांगताकै कारण जीवन निर्वाह गर्न निकै कठिन भएको छ ।" पीडा पोख्दै बि.क.ले भन्नुभयो । अपाङ्गताका कारण समाजले राम्रो नजर नहेरेको गुनासो गर्दै बि.क भन्नुहुन्छ- म काम गर्न चाहान्छु तर कोहि कसैले काम दिँदैन ।" मलाई सिलाइ कटाई आउछ तर अपाङ्गता कै कारण कोहि कसैले जागीर दिँदैनन् त्यसैले हाम्रो आर्थिक समस्या झनझन बिग्रीदै जाने गुनासो बि.क.ले गर्नु भयो ।
रिजाल र बि.क. दुबैको अपाङ्गता भएकै कारण समाजले समेत फरक ब्यवहार गर्ने गरेको बताउनु हुन्छ । अपाङ्गता भएकालाई भाषा र बिरामी पर्दाको उपचार मात्रै कठिन नभए जीवन निर्वाह नै निकै कठिन भएको गुनासो गर्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच