काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकलागि अभिशाप भइसकेको बताउनुभएको छ ।
मुलुकलाई गम्भिर दुर्घटनाबाट जोगाउन काँग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने उहाँको जिकिर थियो ।
राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार ¥यालीसहितको बिरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङदेनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिनुभयो । उहाँले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शिर्ष नेताहरुलाई सचेत गराउनु भयो ।
काठमाडौं । विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको छ ।
जुट मिल्समा मङ्गलवार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन् । आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बुधवार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको छैन । जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन् । विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा रहेको छ । मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाकाअनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी शुरु भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै जुट मिल्स चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरु समेत निरीक्षण गरेर गएको बताउनु भयो ।
काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफल जारी रहेको छ ।
बैठकमा प्रस्तुत अवधारणामाथि निचोडमा पुग्न स्थायी कमिटीका सदस्यहरु रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको थियो ।
समूहगत छलफलमा उठेका विषयलाई निष्कर्षका रुपमा बैठकमा प्रस्तुत गर्न भूगोलका सात प्रदेशमा सम्बन्धित प्रदेश अध्यक्ष, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास क्षेत्रमा पेम्बा लामा र स्थायी कमिटी समूहका लागि काशीनाथ अधिकारीलाई टोली नेता चयन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताउनुभएको छ ।
बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गर्नुभयो । उहाँले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताउनु भयो ।
उहाँले देशले नयाँ कोर्षको माग गरिरहेको बताउनु भयो । उहाँले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताउनु भयो ।
ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने वक्ताहरुले पार्टीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टीबाट टिकट लिई जनप्रतिनिधि भएका सबैले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा कांग्रेस गोरखाका महासमिति सदस्य प्रकाशचन्द्र दवाडीले पार्टीबाट टिकट लिएर चुनाव जितेपछि जनताको घरदैलोमा जनप्रतिनिधि नपुग्दा समस्या परेको बताउनुभयो । “पार्टीबाट टिकट लिएर चुनाव जित्ने, त्यसपछि पार्टीको सम्बन्ध र जनताको समस्यालाई सुन्दै नसुन्ने प्रवृत्ति देखिएकाले पार्टीलाई समस्या देखिएको हो”, उहाँले भन्नुभयो ।
महासमिति सदस्य दवाडीले केन्द्रीय नेता स्थानीय तहबाट प्रतिनिधि भएर आउँदा कार्यकर्तामासमेत खुसी छाउने भएकाले सो व्यवस्था विधानमा गरिनुपर्ने बताउनुभयो । एक व्यक्ति, एक पदको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।
ललितपुर । यही फागुन ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सदस्यले धारणा राख्ने क्रम जारी छ ।
ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी बैठकको तेस्रो दिन आज उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहनुभएका प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि चारवटा हलमा समूहगतरुपमा छलफल भइरहेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
काठमाडौं । नेकपा एमालेले नेता–कार्यकर्तामा देखिएको समस्या औंल्याउँदै समाधानको सुझाव मागेको छ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा संगठनात्मक कामको समीक्षासम्बन्धी प्रतिवेदन तथा प्रस्तावमा महासचिव शंकर पोखरेलले स्वेच्छाचारिता, निजी स्वार्थकेन्द्रित व्यक्तिवाद, अवसरवाद, चारित्रिक विचलन, अराजकता, अनुशासनहीनताजस्ता प्रवृत्ति झांगिन खोजेकोतर्फ दशौं महाविधेशनले गम्भीर संकेत गरेको उल्लेख गर्नुभएको छ । गत वर्ष सञ्चालित मिसन ग्रासरूटका क्रममा पनि यी प्रवृत्ति देखिएको उल्लेख छ । ‘हाम्रासामु जनता, राष्ट्रि र पार्टीको सेवामा समर्पित योग्य, इमान्दार, निष्ठावान्, नेता कार्यकता र सदस्यहरूको लक्ष्यकेन्द्रित एकताबद्ध र अनुशासित पार्टी निर्माण गर्न चुनौती खडा भएको छ’, प्रतिवेदनमा लेखिएको छ ।
काठमाडौं। चर्चित ‘पोर्न स्टार’ अर्थात वयस्क चलचित्र अभिनेत्री क्यागनी लिन कार्टरले आत्महत्या गरेकी छिन् । पोर्न स्टार काग्नेले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी हुन । क्यागनी लिन कार्टरका साथीहरूले यो खबर सोशल मिडियामा साझा गरेका छन्।
समाचार अनुसार जसका कारण क्याग्नीको पर्मा, ओएचमा रहेको उनको निवासमा मृत्यु हुन पुगेको छ । सैबीच, अब काग्नेका साथीहरूले यो खबरको पुष्टि गर्दै एक पोस्ट साझा गरेका छन्, जसमा उनीहरूले वयस्क फिल्म स्टारको मृत्युको बारेमा जानकारी दिएका छन्।यो खबरले फ्यानहरु निकै दुखी भएका छन् र काग्नेको आत्माको शान्तिको कामना गरिरहेका छन् ।
काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ ।
श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका- ६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
सो हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।
नेपालले जितको लागि दिएको एक सय ६९ रनको मध्यम लक्ष्य नामिबियाले ४० ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नामिबियाको जितमा जेराल्ड एरास्मसले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ५७ बल खेल्दै आठ चौका र दुई छक्काको सहायताले सर्वाधिक ५२ रनको योगदान गरेका हुन ।
त्यसैगरी जेजे स्मिथले अविजित ३४ रन बनाउँदा माइकल भान लिंगेनले ३१ रन बनाए । त्यस्तै रुबेन ट्रम्पलम्यानले १६ रन बनाए भने बर्नार्ड स्कोलज र निको डाभिनले समान आठ आठ रन जोडे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच