
काठमाडौं । काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा लिग चरणको दोस्रो खेलमा गोर्खाली रग्वीले एपिएफ क्लबलाई पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा गोर्खाली रग्वीले एपिएफलाई ४९-२० को स्कोरमा हरायो । गोर्खाली ६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । एपिएफ चार अंकसहित तेस्रो स्थानमा झरेको छ ।
दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्यो । आर्मीले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा पुलिसलाई ५३-७ ले पन्छायो । जितसहित आर्मी चार अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एपिएफसँग समान अंक भए पनि आर्मी स्कोरका आधारमा दोस्रो स्थानमा छ । पुलिस दुई अंकसहित चौथो बनेर पुछारमा छ ।
प्रतियोगिताअन्तर्गत शनिबार लिग चरणका अन्तिम खेलहरू हुनेछन् । अन्तिम चरणमा पुलिस र एपिएफ तथा गोर्खाली रग्वी र आर्मी क्लब भिड्नेछन् ।
नेपाल रग्वी संघले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपिएफ र गोर्खाली रग्वी क्लब गरी चार टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरेर राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्वी संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच