जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा टेम्केमैयुङ उत्कृष्ट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । १४ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी टेम्केमैयुङ गाउँपालिकाको पोल्टामा गएको छ ।

भोजपुरको उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा तीन दिनसम्म संचालित बिभिन्न प्रतियोगिता तर्फ उत्कृष्ठ अंकसहित टेम्केमैयुङ गाउँपालिका पहिलो बन्न सफल भएको हो । छनौट प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरले जनाएको छ ।

यस्तै सोही प्रतियोगितामा सहभागि भएको साल्पासिलिछो गाउँपालिका छ स्वर्ण, छ रजत र एक कास्य पदकसहित दोश्रो भएको छ । भोजपुर नगरपालिका पाँच स्वर्ण, सात रजत र आठ कास्यसहित तेश्रो भएको छ । प्रतियोगिता तर्फपाँच स्वर्ण तीन रजत र चार कास्यसहित षडानन्द नगरपालिका चौथो भएको छ । गत बर्षको विजेता अरुण गाउँपालिकाले भने यस बर्ष तीन स्वर्ण, एक रजत र छ कास्य पदकमा चित्त बुझाएको छ ।

जिल्ला खेलकुद विकास समिति भोजपुरको आयोजना तथा षडानन्द नगरपालिकाको सहयोगमा संचालितप्रतियोगिताका बिजेता पालिकाहरुलाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राईलगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र बितरण गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?