सेयर बजारमा सुधार

Read Time = 3 mins

काठमाडौं । विगत केही दिनदेखि निरन्तर घट्दो क्रममा रहेको सेयर बजार मंगलबार भने २१ अंकले बढेको छ । मंगलबार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा पुगेको छ भने अघिल्लो दिनभन्दा ११ करोड बढीको सेयर कारोबार भएको छ । यस दिन ३१ लाख ४६ हजार नौ सय ९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार चार सय नौ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् भने फाइनान्स समूहको सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेका छन् । बैंकिङ समूहको १०.९१, विकास बैंक ६०.०३, वित्त कम्पनी ३४.११, जलविद्युत् २०.७८, जीवन बीमा ९६.२२, उत्पादन तथा प्रशोधन ९०.६५, माइक्रो फाइनान्स ५३.५८, निर्जीबन बीमा समूहको सूचक ५८.७७ अंकले बढेका छन् ।

बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत्को ७.७६, युनिभर्सल पावरको ४.६७ र रिभर फल्स पावरको ४.२४ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै २.१० प्रतिशतले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको १.६२, सामलिङ पावरको १.१० र मनकामना स्मार्ट लघुवित्तको ०.९८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको नबिल बैंकको पाँच करोड ९४ लाख ८९ हजार दुई सय ४५ रुपैयाँको कारोबार भएको छ ।

दोस्रो र तेस्रो स्थानमा रिडी हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । रिडीको पाँच करोड ६३ लाख, हिमालयनको तीन करोड ८४ लाख र अरुण काबेली हाइड्रोपावरको तीन करोड ७८ लाखको सेयर कारोबार भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?