
काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसहित चार जना महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुनुहुने भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको, नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब पाँच दशक निरन्तर सक्रिय योगदान गर्नुभएकोमा प्रथम राष्ट्रपति डा. यादवलाई महेन्द्र नारायण निधि राष्ट्रिय पुरस्कार २०८० प्रदान गरिने छ । त्यस्तै करिब आठ दशकदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित गर्ने निर्णय भएको छ ।
एबिसी नेपालका संस्थापक अध्यक्ष, विगत चारदशकदेखि निरन्तर महिला बालबालिकाको हक तथा मानव अधिकारका लागि सक्रिय तथा लोकतान्त्रिक आन्दोलनमा समेत योगदान दिनुभएकोमा दुर्गा घिमिरे र शास्त्रीय संगीतमा साधनारत, प्रथम नेपाली महिला तवला वादक सरिता मिश्रलाई क्रमशः २०८० र २०७९ को प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय भएको छ ।
विसं २०५८ मा मानार्थ अध्यक्ष विमलेन्द्र निधि र संस्थापक अध्यक्ष भानुभक्त ढकाल रहनु भएर नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विसं. २०७० देखि अहिंसा, लोकतन्त्र, सामाजिक न्याय, समुदायबीच सद्भाव, सामाजिक जागरणमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ । केही सालयता पुरस्कार राशीमा थप गरी प्रत्येक पुरस्कारको राशी एक लाख एक हजार बनाइएको छ । यसअघि विभिन्न क्षेत्र र विधाका ३० जना व्यक्तित्वहरू पुरस्कारद्वारा सम्मानित भइसक्नुभएको छ ।
उक्त पुरस्कार तथा सम्मान यही फागुन १३ गते निधिको १०३ औं जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिने तय भएको छ । पुरस्कार चयनका लागि नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइरालाको संयोजकत्वमा पूर्वराजदूत डा. दिनेश भट्टराई, प्रा.डा. कुमार कोइराला, प्रा. नवेन्द्र निधि सदस्य रहनुभएको चयन समिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच