काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन दायाँबायाँ नहुने संकेत गर्नुभयो । देउवाले सत्ता गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध गरेको दोहो-याउनुभयो ।
महासमिति बैठकमा गठबन्धन गरेर जान नहुने भनी प्रतिवेदन पारित भए पनि सभापति देउवाले सत्ता गठबन्धनमा कुनै असर नपर्ने उहाँले दाबी गर्नुभयो । देशभित्र नभई कांग्रेसले लिने नीतिगत निर्णयले अन्तर्राष्ट्रिय जगत्मा पनि अर्थ राख्ने उहाँले बताउनुभयो ।
कांग्रेसले लिने निर्णय समय सापेक्ष र दूरदर्शी हुने उहाँको दाबी छ । विगतका अनुकूल र प्रतिकूल अवस्थामा पनि राजनीतिक मियोको रूपमा कांग्रेस रहेको उहाँले बताउनुुभयो । महासमिति बैठकले कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको देउवाको दाबी छ ।
वर्तमान गठबन्धनको सरकारको प्रमुख भएकाले निरन्तर सहयोग गर्दै देशमा विकास ल्याउने मुख्य दायित्व कांग्रेसको भएको उहाँले दाबी गर्नुुभयो । बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा ऐतिहासिक महत्व राख्ने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच