जुम्ला । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथले पाँच वर्षे विद्यालय सुधार योजना निर्माण गरेको छ ।
नगरपालिका भित्रका माध्यामिक र आधारभुत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि र विद्यार्थीको सहभागितामा उक्त योजना निर्माण गरी कार्यान्यवनमा ल्याइने नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयको स्तर खस्किदै गएकोमा समयमा नगर भित्रका विद्यालयको अवस्था सुधार गर्नको लागि योजना बनाएर काम गरिएको छ । नीति र योजना अनुसार विद्यालयले काम गर्नुपर्ने नगर प्रमुख कठायतको भनाइ छ ।
नवीनतम् कामले विद्यार्थीको संख्या बढाउनेदेखी शिक्षाप्रति अभिभावकको थप जिम्मेवारी बढ्नेमा विश्वास गरिएको वडाध्यक्ष तिलक न्यौपानेको भनाइ छ । विद्यालय सुधार योजनामा टेकेर नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गरिनुपर्छ । योजना निर्माणमा सिमित नराखि कार्यान्यवनतर्फ बढी ध्यान जानुपर्ने वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
सामुदायिक विद्यालयको अवस्था सुधार गर्नको लागि योजना महत्वपूर्ण काम हो । चार दिन लगाएर विद्यालय सुधार योजना निर्माण गरिएको चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले जानकारी दिनुभयो । सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि र विद्यार्थीको प्रत्यक्ष सहभागितामा निर्माण गरिएको योजनाले शैक्षिक गुणस्तरमा थप टेवा पुग्ने अपेक्षा राखिएको शिक्षा शाखा प्रमुख चौलागाईको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच