धरान । चलचित्र ‘खजुरे ब्रो’ को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले फष्टलुक पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरेको हो । पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२औं संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो ।
‘धरान रन’मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पांगले आफूले पनि अभिनय गरेको र धरानमा नै छायांकन गरिएको चलचित्रले दर्शक मन जित्ने विश्वास लिएको बताउनुभयो । सार्वजनिक पोष्टरमा चलचित्रका प्रमुख चारजनालाई चलचित्रकै गेटअपमा प्रस्तुत गरिएको छ । पोष्टरको डिजाइन रोयल भिमसेनले गर्नुभएको हो ।
सुरज सुनुवारको लेखन/निर्देशन रहेको यो चलचित्र आगामी वैशाख २८ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर रहनुभएको छ । चलचित्रमा प्रकाश भुजेल, विनिता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय छ ।
धरान पुगेर पोष्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताउनु्भयो । दिव्य दृश्य इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको चलचित्रको निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गर्नुभएको हो ।
शिशिर बिसंखेले छायांकन गरेको चलचित्रमा अनमोल गुरुङको संगीत छ । चलचित्रको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुनुहुन्छ । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गरेको चलचित्रमा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच