राजदुत श्रीवास्तवलाई तिलोत्तमामा स्वागत

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवलाई तिलोत्तमा नगरपालिकामा विशेष कार्यक्रमका साथ स्वागत गरिएको छ । नगरपालिकाको कार्यालयमा राजदुत श्रीवास्तवलाई नगरप्रमुख रामकृष्ण खाँण उपप्रमुख जागेश्वरीदेवी चौधरी र प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल सहित नगरपालिकाका कर्मचारीहरुले नगरपालिकामा स्वागत गर्नुभएको हो ।

राजदुत श्रीवास्तवलाई स्वागत गर्दै नगरप्रमुख खाँणले नगर क्षेत्रमा विभिन्न दातृ निकायहरुले गरेको लगानीका वारेमा प्रकाश पार्नु भएको थियो । नगर प्रमुख खाँणले तिलोत्तमामा शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा सहयोग गर्न राजदुत श्रीवास्तवलाई आह्वान गर्नुभयो ।

छलफलमा राजदुत श्रीवास्तवले नेपाल र भारत सरकार बीच भएको सम्झौता अनुसार भारतले २० करोड सम्मको आयोजनामा सहयोग गर्न सक्ने र त्यो समुदायको हितमा हुनुपर्ने भन्दै त्यस प्रकारका आयोजनाको प्रस्ताव पेस गर्न आग्रह गर्नुभयो ।

उहाँले भारतीय पर्यटकलाई नेपालमा भित्रयाउन र नेपाली पर्यटकलाई भारत जाने वातावरण सहज हुन सक्यो भने दुबै देशको पर्यटन विकासमा सहयोग पुग्ने भनाई राख्नुभयो । उहाँले भन्सार नाकामा हुने झन्झटीलो चेकिङ प्रणालीलाई सुधान गर्नुपर्ने बताउँदै भारतीय प्रर्यटक नेपाल प्रवेश गर्दा पहिलो ससस्त्र प्रहरी त्यसपछि जनपथ प्रहरी र भन्सार कार्यालय चेकजाँच गर्ने परिपाटीलाई सुधार गरी एकद्वार बनाउन पालिकाबाटै संघीय सरकारलाई सिफारिस गर्न पनि आग्रह गर्नुभयो ।

त्यस अवसरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्यालले नगरपालिकाले सञ्चालन गरेका आयोजनाका बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै नगरपालिकामा विदेशी लगानी आकर्षण गर्न र सम्भावनाको वारेमा समेत जानकारी गराउनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?