महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका बाेलायाे

Read Time = 2 mins

काठमाडौं । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको लागि बोलाएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको बताउनु भयो ।

बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भन्नुभयो, ‘महाअभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ । दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो ।’

बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?