देवदह नगरपालिकाका प्रमुख प्रशासकीयको कार्यकक्षमा तालाबन्दी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस तथा राप्रपाबाट निर्वाचित वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायतले सोमबार प्रमुख प्रशासकीयको कार्यकक्षमा पसेर तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेटसमेत ताेडफोड गरेर फालेका छन् भने हुलहुज्जतमा काँचको टेबलसमेत फुटेका छन् । स्थितीलाई नियन्त्रणमा लिन खोज्दा कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस-राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । कांग्रेस र राप्रपाका जनप्रतिनिधिसहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको थियो ।

नगरपालिका पुगेका कार्यकर्ताहरुले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्यसहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् ।

देवदहमा खेलकुद बिकास समितिको संयोजक तथा सदस्य छनोटको विषयमा असहमती जनाउँदै उनीहरुले आन्दोलन अघि बढाएको बताएका छन् । तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरुले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भुक्तानीसमेत गरिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा नगर प्रमख कोषदेखि आफ्नो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न.९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरिएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्याक्टर, जे सि भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विना राजश्व छाडिएकोलगायतका आरोप लगाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?