काठमाडौं । लघुवित्त तथा सहकारी पीडितहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्त तथा सहकारी पीडितहरु संसद भवन परिसरमा पुगेर नाराबाजी गरेका छन् ।
लघुवित्त तथा सहकारीकाे ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरेका हुन् ।
संसद भवनमा प्रवेश गर्नेहरु अधिकांश महिला थिए । उनीहरुले सुरक्षाकर्मीलाई पन्छाउँदै नाराबाजी गर्दै भित्र प्रवेश गरेका थिए ।
जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच