✍️ कलानिधि दाहाल
जीवन र जगत्का सङ्कीर्ण सीमाभन्दा माथि उठेर समग्रलाई प्रतिच्छायित गर्नु चाहिँ सच्चा साहित्य हो । भौतिक आर्जनको पछि दौडेर मलाई फु¥यो भन्दै लेख्नु लेखन हो, एकछिन्का लागि व्यक्ति मनले सन्तोषको सास फेर्न सक्छ, आनन्द पनि लिन सक्छ तर त्यो रचना साहित्यिक उचाइमा उठ्न सकेको हुँदैन । न्युजिल्याण्डका मित्रहरूको साहित्यिक माहौल यसै घेराभित्र घुमिरहेको छ । न्युजिल्याण्डको मात्र नभएर संसारभरकै नेपालीभाषी साहित्यिक लेखन यस अवस्थामा नै छ । अन्यत्रको कुरै छाडौँ नेपालकै नेपाली साहित्य लेखन अपवादलाई सुरक्षित राख्ने हो भने यसभन्दा माथि छैन । बरू न्युजिल्याण्डका नेपालीले संस्था नै खोलेर शून्य अवस्थालाई गति दिने प्रयास गरेको चाहिँ प्रशंसनीय छ ।
‘नेपाली साहित्य न्युजिल्याण्ड समाज’ नामक संस्था यसै प्रयासको उपज हो । यसका संस्थापक भएर आजीवन सदस्यका रूपमा रहेका व्यक्ति हुन्- पशुपति कर्माचार्य । यो हुटुहुटी र संस्थाकै आयोजनामा भएको बृहद् कार्यक्रमको प्रमुख आमन्त्रित आतिथ्यको अवसर आपूmले पाउनु मेरा लागि नभएर नेपाली भाषा साहित्यका निमित्त गौरवको अवसर मैले अनुभव गरेँ । यस संस्थामा दोस्रो पटकका अध्यक्ष सञ्जयशान्ति सुवेदीलगायत वर्तमानमा विद्यमान कार्यसमिति सम्पूर्णको उपस्थिति त्यहाँ थियो । पहिले यसको सिङ्गो प्रस्तुतिको फेहरिस्त प्रस्तुत गरौँ-वीरेन्द्र केसी-वर्तमान अध्यक्ष । निकै गम्भीर । पेसाले इन्जिनियर भएर पनि तीनचार कृति प्रकाशित गरिसक्नु आफैँमा साहित्यिक सञ्चेतनाको आशालाग्दो अनुहार हो । पशुपति कर्माचार्य-लेखनप्रतिको निरन्तरता । संस्था अपरिहार्य छ साहित्यिक/भाषिक जीवन्तताका लागि भन्ने सोचसहित संस्थापक बन्नु यिनको साहसिक कदम हो ।
दीपक लामिछाने जो हाम्रा ज्वाइँ पनि हुन्, अध्ययनमा असाध्यै रुचि छ । नेपालबाट जो जाने हुन् तिनका साथमा नयाँ प्रकाशित, चर्चित र महत्व राख्ने हरेक कृतिहरू मगाएकै हुन्छ र पढेकै हुन्छ । एउटै मुक्त गजल लेखन चाहिँ यिनको उचाइमा छ ।
सञ्जयशान्ति सुवेदी पूर्वअध्यक्ष युवाजोशसहितका साहित्यकार । युवराज भण्डारी–उपाध्यक्ष र आजीवन सदस्य । मिलन थापा-कार्यसमिति सदस्य । श्रीधर बस्नेत-सल्लाहकार आजीवन सदस्यसमेत । बाबुराजा महर्जन-यिनी एन आर एनका संस्थापक अध्यक्ष हुन्-न्युजिल्याण्डका लागि । उद्घव अधिकारी-आजीवन सदस्यसहित सल्लाहाकार हुन् । कमलप्रसाद श्रेष्ठ-यिनी साहित्यिक रुचि निकै राम्रो भएका व्यक्ति हुन् र मुक्त कविता लेखनका गर्भमा निकै उचाइ बोकेका व्यक्तिका रूपमा छन् । यज्ञराज पन्त, श्रीमती मीना पौडेल, विनोद भौकाजी, विनोद आचार्य, डा.प्रकाश जोशी, डा.रमिल अधिकारी यस संस्थाका आजीवन सदस्यसमेत रहेर संस्थालाई भौतिक रूपमा समेत अग्रसर गराइरहेका व्यक्तित्वहरू हुन् ।
साहित्यिक तीव्र चासो लिएर उत्तरी/दक्षिणी न्युजिल्याण्डका जुनसुकै गोलाद्र्घमा कार्यव्रmम भए पनि पुगेर भाषा साहित्यमा हर समय टेवा दिइरहने व्यक्तित्वका रूपमा-कमल पोख्रेल, विकास पोख्रेल, श्रीमतीश्री श्रेष्ठ, रवीन आचार्य, अर्जुनपाल सिं, सरोज कर्माचार्य, श्रीमती अमिता कर्माचार्य, सुश्री प्रिसा कर्माचार्य, श्रीमती सत्यदेवी शर्मा, श्री श्याम मधिकर्मी, श्रीमती शान्ति कर्माचार्य, श्रीमती पार्वती ढकाल, श्रीमती शारदादेवी अधिकारी, श्री बुद्घिप्रकाश सुवेदी, श्रीमती देवी शर्माजस्ता व्यक्तिहरू आफ्नै पुँजी खर्च गरेर भए पनि संस्था मर्न दिनुहुन्न भन्ने सोच राखी साहित्यिक विकासका लागि बाहिरी प्रयासमा लागिपरेका देखिन्छन् ।
दुई कृतिका स्रष्टा सुलभ भारती साहित्यिक लेखनतिरको हुट्हुटी भएका तर संस्थागत हिसाबमा सक्रिय चाहिँ नरहेका व्यक्तिका रूपमा देखा पर्छन् । कार्य व्यस्तताको चपेटा त यसै पनि विदेशमा भई नै रहन्छ । यसमा पनि सुलभ भारती आयआर्जनको निकै ठूलो महत्वाकाङ्क्षा बोकेका व्यक्ति हुन् । घरमा नै सबैखाले तरकारीको आकर्षण हरियाली खडा गरेका सुलभदम्पत्ति यही तरकारीको प्रयोगले ठूलो होटलसमेत सञ्चालन गरेर बसेका छन् । यो हरियाली लेखनसोचले सिर्जित भएको भए यिनको साहित्यिक लेखनले म्याराथनको गति पाउँथ्यो तर यिनी यस गतिविधिमा क्षमता भएर पनि निष्क्रिय व्यक्तिका रूपमा म पाउँछु । यिनमा छिटै यस क्षेत्रप्रतिको निरन्तर सक्रिय लगावको सद्बुद्घि पलावस्को कामना पनि गर्छु ।
टीकाराम सुवेदी अर्का साहित्यिक दृष्टिले त्यस क्षेत्रमा अगाडि आउने नाम हो । यिनी भुटानी शरणार्थीका कोटाबाट न्युजिल्याण्ड पुगेका व्यक्ति हुन् । एक न्युजिल्याण्डको रेडियोमा समेत यिनी नेपाली साहित्यिक कार्यक्रम सञ्चालन गर्छन् । यिनी हामी बसेको छोरीज्वाइँका घरमा नै आएर लामो समय साहित्यिक कुराकानी गरे । पछि रेडियोमार्फत मसँग एक अन्तर्वार्ता पनि लिए । निकै रोचक, निकै आकर्षक कार्यक्रम रहृयो त्यो ।
दीपक लामिछाने जो मेरो वा हाम्रो ज्वाइँ पनि हुन्, अध्ययनमा असाध्यै रुचि छ । नेपालबाट जो जाने हुन् तिनका साथमा नयाँ प्रकाशित, चर्चित र महत्व राख्ने हरेक कृतिहरू मगाएकै हुन्छ र पढेकै हुन्छ । यो असाध्यै राम्रो पक्ष । अन्य विधा लेखनमा यिनी चासो राख्दैनन् एउटै मुक्त गजल लेखन चाहिँ यिनको उचाइमा छ । अर्को गोलाद्र्घ दक्षिण वा साउथमा रहेकी साहित्यकार हुन्- नमिता दवाडी । गोरखामा जन्मी न्युजिल्याण्ड पुगेकी यिनी शक्तिशाली कवियित्री हुन् । निर्भीक फ्रायडवादी चेतनामा कविताका बान्की नारामा होइन कलात्मक सौन्दर्यका उचाइमा उराल्न यिनी खप्पिस छिन् र सक्षम पनि । निकै कविता कृतिसमेत प्रकाशित गरेकी र गर्न लामबद्घ रहेकी नमिता न्युजिल्याण्डस्थित नेपाली कविता साहित्यकी उज्वल तारा हुन् तर यिनीसँग मेरो भेट हुन चाहिँ सकेन ।
नेपाली साहित्यिक कार्यक्रम सञ्चालकहरूले बुझ्नै पर्ने र लागू गर्नैपर्ने कुरा-विदेशतिर मञ्चमा दुईजनाभन्दा बढी व्यक्तिका स्थान हुँदैनन् । सम्मानित/पुरस्कृत जो हुन् सबै दर्शक दीर्घामा हुन्छन् । नेपालमा भेडाजुलुसझैँ माथि थुपार्नुको एकमात्र लक्ष्य देखिन्छ चाकडीको चरम रूप ।
बबिन घिमिरे-यिनी क्षमता भएका सडक इन्जिनियर हुन् । यिनीसँग साहित्यिक उच्च अनुभूति छ । लेखनकार्यमा पनि लागिपरेका छन् भर्खरै । मनोव्यवस्थापन राम्ररी हुन नसकिराखेको सङ्क्रमण अवस्था भएकाले अहिले नै मूल्याङ्कन गरी हाल्नु हतार हुने स्थितिमा यिनी छन् । यस माहोलबाट न्युजिल्याण्डको अक्ल्याण्डस्थित अल्बर्ट रोड, थ्री किङ्स, लिनफिल्ड रूममा-‘नेपाली साहित्य समाज न्युजिल्याण्ड’ ले वार्षिकोत्सवका उपलक्ष्यमा साहित्यिक कार्यक्रमको आयोजना गर्यो । समयाभावको कारणले प्रमुखको मन्तव्य अगाडि नै दिनुपर्ने विवशता मसँग रहृयो । सायद यस्तो स्थितिको अनुभव गर्नुपरेको पहिलो अवसर हो यो । सामान्य स्रोताका रूपमा त सुरुदेखि अन्त्यसम्म डेग नचली बस्ने म महत्वपूर्ण भारवहन गरेका बेला चाहिँ अगाडि मन्तव्य दिएर हिँड्नुपर्ने तीतो अनुभवमा थिएँ ।
अध्यक्ष वीरेन्द्र केसीको सभापति, मेरो प्रमुख आमन्त्रित आतिथ्य, एन आरएन न्युजिल्याण्डका संस्थापक अध्यक्ष बाबुराजा महर्जनको रोचक उद्घोषणमा कार्यक्रम सुरु भयो । नेपाली साहित्यिक कार्यक्रम सञ्चालकहरूले बुझ्नै पर्ने र लागू गर्नै पर्ने कुरा-विदेशतिर मञ्चमा दुईजनाभन्दा बढी व्यक्तिका स्थान हुँदैनन् । सम्मानित/पुरस्कृत जो हुन् सबै दर्शक दीर्घामा हुन्छन् र पुरस्कार वा सम्मान थाप्नु पर्दा दर्शकदीर्घाबाट नै जानुपर्छ । नेपालमा भेडाजुलुसझैँ माथि थुपार्नुको एकमात्र लक्ष्य देखिन्छ चाकडीको चरम रूप ।
मैले त्यस समारोहमा उनीहरूका दृष्टिमा निकै कडा मन्तव्य दिएँ । हुन त म कडा नै दिन्छु जहाँ पनि । सम्बोधनको औपचारिकता सकेर मैले भनेँ ‘मित्रहरू तपाईंहरू खान नपाएर विदेश छिर्नुभएको होइन । भौतिक प्रलोभनको स्वप्निल भार मस्तिष्कमा सजाएर छिर्नुभएको हो । भोको पेट र नाङ्गो आङ चाहेर पनि विदेश पस्न सक्दैन । डलरमोहमा बौँडाई हाँकिने तपाईंहरू त्यसकै क्षति हुने यो अनुत्पादक साहित्यमा किन मरिमेट्नु हुन्छ ? न तपाईंहरू यसलाई सन्तानमा हस्तान्तरण गर्न सक्नुहुन्छ, न आफैं समाधिमग्न अवस्थाको अवसर निकालेर सही ढङ्गले कलासौन्दर्यको उच्च उचाइमा जीवनजगत्का रन्का घुसाएर माथिल्लो साहित्यिक कुर्सीमा पुग्ने क्षमताको प्रदर्शन गर्न सक्नु हुन्छ ।
भौतिक लालसाको छोटो समय चोरेर विनामर्म बोध यसमा समय र पैसा खर्च गर्नुको कुनै अर्थ छैन । डलर जम्मा गर्नोस् । तारे, पाँचतारे, साततारे यता के के तारे छन् तिनमा जानोस्, मोज गर्नोस्, डलरको मजा लिनोस् । साहित्य नै लेख्ने भए त नेपाल नै स्वर्णिम आनन्दको छहारी थियो, छ र हुने पनि छ । पुर्खा, समकक्षी, पछिल्लो पिँढीसम्मका सबै सामग्री अध्ययन गर्न सहज रूपले नेपालमा नै पाइन्छ । यता सम्भव छ ? एक पुस्तक पढ्ने रुचि भयो भने सबै त नेटमा हुन्न कहाँबाट ल्याउनु हुन्छ अनि समय ? क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच