![पुस्तक : ‘२८ साल’ कुमार भट्टराईको ऐतिहासिक उपन्यास](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Sushila-Ghimire.jpg)
✍️ कलानिधि दाहाल
साहित्य आफैंमा सागर हो, नव-नव संस्कृति हो र नवको झंकार हो । खोजेर नपाइने पाएर नचाहिने अमूल्य चिज संसारमा कुनै छ भने त्यसको नाम नै साहित्य हो । विनासाहित्यको मान्छे र विनापुच्छरको पशुमा इन्चभर भिन्नता रहन्न, फरक छैन । नव नवांश इन्द्रियका द्वारलाई सर्वसन्तुष्ट, सर्वोत्कृष्ट र सर्वोच्चासनमा विराज गराउने एकमात्र मूल्यवान वस्तुको नाम नै साहित्य हो । समर्पित व्यक्तित्वका लागि त स्वर्ग यही हो, इन्द्रेणी यही हो, सप्तरङ्को ज्योतिर्मय आभा यही हो । यस अर्थमा नै डलरको भोकले छट्पटाएर विदेश जान आतुर मनहरू, जान नसकेर आत्महत्या गर्नबाट जोगिएका मनहरू यसै साहित्यको सञ्जीवनी बुटी लगाएर मुस्कुराउँछन् । म यसको व्यापक वृत्तको चौडा फाँटतिर फन्का नमारी एउटा सानो तर विश्वसौन्दर्यको रानो न्युजिल्याण्डमा डलरको खेती गर्न पुगेका नेपालीको साहित्यिक लेखनोत्तरको छट्पटी संकेत गर्नमा मात्र सीमित छु ।
कहिल्यै नपरेको चिसोको भारमा अनपेक्षित असैहृय जाडोको मारसँग काँप्दै कुस्ती खेल्दै कहिले उसको विजयमा बिलाउँदै र कहिले आफ्नो विजयमा मुस्कुराउँदै शिथिल चेहरा अव्यक्त अनुहारमा त्यही यात्रा उल्टो परेको थियो–अक्ल्याण्डबाट नेपियरतिर अहिले ठीक यसको उल्टो नेपियरबाट अक्ल्याण्ड हामी उड्दै छौं ।
नेपाली भाषा साहित्य समाज न्युजिल्याण्ड नाम गरेको साहित्यिक संस्था यहाँ स्थापित छ । यसका प्रथम संस्थापक अध्यक्षका रूपमा परिचित व्यक्तित्व हुन् पशुपति कर्माचार्य । यो जागरुकता जन्मनु भनेको नै जीवनको एकमात्र सञ्जीवनी साहित्य हुनु हो । अभाव होइन, कुनै छट्पटी होइन । उनी आर्थिक रूपले काठमाडौंका कुवेरपति हुन् । नवपुस्ताको वैदेशिक आकर्षण र नारीसुलभ भौतिक आकर्षणका कारण उतै बस्नुपर्ने विवशताका पगरी गुतेर पशुपति कर्माचार्यले आफूलाई बँचाउने क्रममा यो संस्था खुलेको देख्छु ।
सुरुका केही वर्ष यिनी आफैं अध्यक्ष भएर संस्था परिचालन गरे । दोस्रो चरणमा ऊर्जाशील नवपुस्ताका व्यक्तित्वका रूपमा यस संस्थाको शीर्ष व्यक्ति बनेर सञ्जय शान्तिको उदय भयो । प्रगतिशील आस्थामा विश्वास गर्ने सञ्जयको कार्यकाल राम्रै बित्यो तर बोली र व्यवहारमा एकरूपता नआउँदा गैरप्रगतिशील अझ स्पष्ट शब्दमा भन्दा प्रजातान्त्रिक साहित्यसर्जकहरूको सांगठनिक मनबुती आन्तरिक तहमा बेहद् ढंगले अगाडि बढेको चुनावी माहोलले नै स्पष्ट पार्दछ । वर्तमान अवस्थामा सञ्जयशान्ति अध्यक्ष हुँदा उपाध्यक्ष रहेका दाङ निवासी काठमाडौँकै इन्जिनियर पेसामा आबद्घ चार कृतिका प्रकाशक वीरेन्द्र केसी दुई तिहाइभन्दा माथिको मतसङख््याले अध्यक्ष छन्-यस संस्थामा । यिनकै नेतृत्वमा आयोजित एक बृहद् भौतिक साहित्यिक कार्यक्रममा प्रमुख आमन्त्रित आतिथ्यको आसनको सुअवसर मैले पाएको थिएँ ।
नेपियरबाट न्युजिल्याण्डको मुटु अक्ल्याण्ड पुग्न सजिलो छैन । गाडीबाट भुइँमा गुडे छदेखि आठ घण्टा, यानबाट आकाशमा उडे एकदेखि सवाघण्टा । बाहिरबाट जानेका लागि यो निकै असहज परिस्थिति । मलाई त समस्या परेन । ज्वाइँ दीपक लामिछाने आफैं साहित्यकार छोरी कलापी साहित्यकार नभएर पनि प्रेरक मनाकार । मैले गुडेर नै जाने प्रबल चाहना राख्दा पनि सम्भव यस अर्थमा हुन सकेन छोरी केही दिन बस्नकै लागि अगाडि नै जानुपर्ने तर ज्वाइँको कामबाट फुर्सद नै नहुने निश्चित भयो ।
हामी-छोरी कलापी, नाति कृदय, स्वास्नी कल्पना र म कले आकाशयानबाटै जानुपर्ने स्थिति सिर्जना भयो । उड्यौं हुँइय्य दोस्रो पटक अक्ल्याण्डको यात्रामा । अघिल्लो र यस उडानमा आसमान फरक थियो । अघिल्लो अपरिचित । कहाँ-कहाँ कता-कता हराएझैँ, होसहवास गुमेझैँ, चाहेर पनि नचाहेझैँ, आएर पनि नआएझैँ । एउटा बिरानो अपरिचित अनन्त अन्त नहुनेझैँ, अन्त अनन्त नहुनेझैँ । बादलभित्र हराएको चरीजस्तै, बथान छुटेर एक्लै जंगलमा कराएको बाख्रोझैँ । कहिल्यै नपरेको चिसोको भारमा अनपेक्षित असैहृय जाडोको मारसँग काँप्दै कुस्ती खेल्दै कहिले उसको विजयमा बिलाउँदै र कहिले आफ्नो विजयमा मुस्कुराउँदै शिथिल चेहरा अव्यक्त अनुहारमा त्यही यात्रा उल्टो परेको थियो-अक्ल्याण्डबाट नेपियरतिर अहिले ठीक यसको उल्टो नेपियरबाट अक्ल्यान्ड हामी उड्दै छौं ।
मौसम उही हो । उस्तै छ । ठुक्ठुकाउँदो जाडोको अन्तरकम्पन । हामी उही हौं र उत्ति नै हौं । नितान्त पारिवारिक स्वार्थका सीमा अगाडि निकै बलिया थिए । छोरीज्वाइँ, पुत्र, सासुससुरा नाति । पहिलो यात्रामा ज्वाइँ नभई भेटिनेमात्र थियो । नेपियर विमानस्थलमा देखिनेमात्र थियो चढेको विमान घ्याच्च बस्नासाथ । यसपटक पनि उस्तै छ । ज्वाइँसँग छुटेका छौं निकैपछि भेटिने भेट्ने वचनबद्घ प्रतीक्षामा । अक्ल्याण्डको हवाइमैदानमा घच्च यान बस्दा स्वार्थका दरा सीमाभन्दा निकै टाढाका तर मानवीय सामाजिक संरचनाको मनोवैज्ञानिक अन्तरमोहको फराक संरचनामा आबद्घ मित्रमित्राणी-अमित र एलिसा विवश स्वागतमा सामु उभिने छन् ।
यो यात्रा स्वार्थका सीमाभन्दा भिन्न छ । निकै माथिको निकै अग्लो । निकै दर्बिलो र फरक पनि । नेपाली भाषा साहित्य न्युजिल्याण्ड समाजकाा अध्यक्ष जो न्युजिल्याण्डकै अर्को गोलाद्र्घ साउथ वा दक्षिणी गोलाद्र्घमा बस्छन् वीरेन्द्र केसीको निकै लामो समयअघिदेखिको निमन्त्रणामा आधारित थियो । होला नहोला, जान सकिएला नसकिएलाको द्वन्द्व मसँग त छँदै थियो, अध्यक्ष वीरेन्द्रसँग अझ बढी भएकाले उनी बीचबीचमा भिडियोकल गरेरै झस्काइरहन्थे मलाई । किन हो कुन्नि भौतिक परिचयविना नै पनि हामी निकै आत्मीयतामा जोडिइसकेका थियौँ । उनी पुस्तक प्रकाशनका नालीबेली सोध्थे मलाई । म छर्लंग पार्थें खुला रूपमा ।
नेपाली छुद्र प्रकाशकहरूले विदेशमा बसेका नेपालीहरूलाई विनाकाम ठग्ने गरेको, कामै गरे पनि बीस हजारको कामलाई लाख डेढलाखसम्म लिएर त्यो पनि भाषा सुधार छैन, वर्णविन्यासको एक रत्ति ख्याल छैन, कृतिका हरफ हेर्दै घिनलाग्दा पारा रहेका पक्षसँग म भलिभाँती परिचित थिएँ, छु पनि । अझ रमाइलो कुरा त के छ भने एक इजरायली चेली, चेली नेपाली तर कर्मस्थल इजरायल बनाएकी मनीषा प्रसाईको कृति प्रकाशनका लागि भनेर दुई निकै मै हुँ भन्ने मित्र कविहरूले नाम नलिऊँ गरेको खेलबाड जो यस क्षेत्रको हदभन्दा माथिको अपराध थियो । जस्ताको त्यस्तै वीरेन्द्रलाई भनेर म सतर्क रहन आग्रह गर्थें ।
सायद यसैले पनि उनी मसँग र म उनीसँग हृदयस्त भइसकेका थियौँ । यो बलियो सूत्र नै हुनसक्छ-यस निम्तालाई म इन्कार गर्न नै नसक्ने थिएँ, उनी पनि त्यस्तै । छोरीज्वाइँको उदारताले यो तय भयो र नै गगनयानमा हामी र केही समयपछि अर्थात् कार्यक्रमको ठीक अघिल्लो दिन ज्वाइँको उपस्थिति अक्ल्याण्डस्थित मित्र अमितएलिसाका बासस्थानमा हुने अभियान थियो त्यो । वीरेन्द्रलगायत मित्रहरू साउथबाट नर्थमा आउने हामी नर्थबाट नर्थकै यस ठाउँमा पुग्ने । केही दिन कार्यक्रमको बाँकी हुँदै हामी त्यता पुगेकाले एउटा यस्तो विचित्र स्थलमा हामीलाई डुलाउन अमितएलिसाले लिएर गए जहाँ अनेकौं उदेकलाग्दा दृश्यहरू छन् ।
यो सानो संसार आफैंमा अनुशासित, आफैंमा औपचारिक, आफैंमा अराजक, आफैंमा अनौपचारिक । जो जहाँ छ आफैंमा छ । जे जहाँ छ त्यो त्यहीँ छ । यो हो समग्र राज्यप्रणालीको स्वस्फूर्त नियमाबद्ध अनुभूति । कुनै शासकका जञ्जीर बनेर सेनाका भयंकर स्वरूप उभिएका छैनन् ।
भएझैँ तर झट्ट हेर्दा केही छैन । नभएझैँ तर गहिरिएर हेर्दा समग्र विश्व त्यहीँ छ । विशाल तर भिरालो परेको जमिन । न तलबाट हेर्दा माथि देखिन्छ, न माथिबाट हेर्दा तल । न एक छेउबाट हेर्दा अर्को छेउ देखिन्छ, न अर्को छेउबाट हेर्दा एक छेउ । हरिया घाँस छन् । झुम्म परेका बुट्टाहरू । अग्ला रूख छन् शाखा सपक्क नुहेका । सिव्रmा रुखहरू छन् डाँठमात्र जिङ्ग्रिंग ठडिएका । त्यसभित्रको शान्त सौम्य सुरम्य रमणीय एकान्तमा हराउँदै दृश्य शरीरलाई उकालो उकालिइरहृयौं । अग्लो स्तुपा नजिकै गहिरो मौसमी पोखरी । आवश्यकता नभएकाले होला जल थिएन । जल बस्ने ठाउँ नै पनि देखिरहूँ लाग्ने । डुल्नेमात्र लक्ष्य रहेकाले निकै बेर उभिएर त्यो अर्ध प्राकृतिक स्थललाई हेर्दामात्र पनि मनको तह भिन्न हुने ।
अर्को छेउको भिरालो भागलाई अवलोकनका आँखामा पार्दा अर्कै आनन्द, अर्कै अनुभूति, अर्कै किसिमको मनोविचारको व्यापक आविर्भावमा एक्लै हराएझैँ सबै भएर पनि । मानौं जन्मअघिको अचेत गर्भमा छु म । आवतजावत मान्छेको यथावत् छँदै छ । रखबारी गर्ने कोही छैनन् कतै पनि । ओरालो ओर्लने दायाँबायाँ दुवै सिँढीभन्दा उतापट्टि फरक मैदानी चउरहरूमा विविध रंगीबिरंगी फूलहरू एकआपसमा लुकामारी गरिरहेका छन् । झलमल्ल किरणीपयरमा फैएिका थुंगा मानिसका चेतनलोकलाई बुङगा बनाउँदै झुलनवागझैं पिङ खेलिरहेका छन् । हामी तिनलाई नै हेरेर, तिनैसँग लुट्पुटिरहृयौं, हराइरहृयौं, मन्त्रमुग्ध बनिहृयौँ ।
अमितकी सासुआमाबाहेक र सानो बच्चो अनि सानी बच्चीबाहेक त हामी जोडाजोडी नै थियौं-तीनजोडी । कहिले एकेकको मुस्कानी पोजमा मस्तीका मनमौजी तस्वीरहरू मोबायलमा क्लिक हुन्थे, खिचिन्थे । कहिले बच्चाबच्चीका मात्र छुन्मुने शावके खेललाई चित्रांकन गर्थे यिनै विनारिलका भाँडाहरूले । कहिले जोडीजोडीका मनमा कटाक्ष होस् वा विरोधाभास तर दृश्यमा दुई एक भएका रंगीन तस्वीर सजिन्थे । यो सानो संसार आफैंमा अनुशासित, आफैंमा औपचारिक, आफैंमा अराजक, आफैंमा अनौपचारिक । जो जहाँ छ आफैंमा छ । जे जहाँ छ त्यो त्यहीँ छ । यो हो समग्र राज्यप्रणालीको स्वस्फुर्त नियमाबद्ध अनुभूति । न यता कुनै शासकका जञ्जीर बनेर सेनाका भयंकर स्वरूप उभिएका छन्, न कतै पुलिसका घंगारु डण्डा । तैपनि हरेक चिजहरू आफ्ना स्वतन्त्र माहोलमा संयमका साथ उभिएका छन् ।
हाम्रो परिवेश तुलना गर्ने हो भने ठ्याक्कै उल्टो । या त सेनापुलिसका घेरामा प्रकृति मुस्कान छर्न पाउँछ, या त मान्छे छिरिनसक्ना पर्खाल उभ्याएर । नत्र यिनै मान्छे जो यात्रु बनेर ओहोरदोहोर गर्छन् तिनकै पाउले प्रकृति लछार्छन्, हातले फूल निमोठ्छन् र पतिपत्नीका, बच्चाबच्चीका, प्रेमीप्रेमिकाका सजीव प्रकृतिको हिँसा गरेर आफू रमाएका स्वाङ्मा उफ्रन्छन् तर त्यहाँ हामी खेल्यौं प्रकृतिले खेलायो । फूलसँग लुकामारी ग¥यौं फूलले हामीलाई आत्मस्थ गरायो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच