पाल्पा २ (१) मा कांग्रेसका राना र १ (१) मा एमालेका श्रेष्ठ विजयी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पाल्पाका दुई प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ । जहाँ नेपाली कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् ।

पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना विजयी हुनुभएको छ । राना अत्याधिक मतका साथ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणामअनुसार रानाले १६ हजार ३९ मत प्राप्त गरेर विजयी हुनभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याउनुभयो ।

प्राप्त मत परिणामअनुसार रानाले २ हजार ७५ मतान्तरमा विजयी हुनुभयो । मन्त्री रानाले सुरुदेखि नै अग्रता लिइरहनुभएको थियो । प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको छ ।

उता पाल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (१) मा नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । निस्दी गाउँपालिका–१, बाँकामलाङमा मतगणना हुँदादेखि नै श्रेष्ठ अग्रस्थानमा हुनुहुन्थ्यो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार ५ हजार ३ सय ९० मतान्तरले श्रेष्ठ विजयी हुनुभएको हो । प्राप्त मत परिणामअनुसार श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याउनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत ल्याउनुभयो । श्रेष्ठलाई सुरुदेखिको अग्रताले विजयी बनाएको हो ।

प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत प्राप्त गरेका छन् । यस्तै घर चिह्नका भिमसेन सुनारी मगरले ८० मत पाएका छन् ।

रामपुर नगरपालिकामा २०७४ सालमा नगरप्रमुख पदमा पराजित हुनुभएका श्रेष्ठले यसपटक प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?