प्रा.डा.अर्जुनदेव भट्ट पेशाले चिकित्सक हुनुहुन्छ । उहाँ वरिष्ठ मूत्ररोग विशेषज्ञ हुनुहुन्छ, यतिमात्रले परिचय पूरा हुँदैन । उहाँ वरिष्ठ साहित्यकार पनि हुनुहुन्छ । चिकित्सकको व्यस्त जीवनबाट समय निकालेर उहाँले धेरै पुस्तक प्रकाशन गर्नुभएको छ । पछिल्लो समयमा आएको उहाँको पुस्तक हो ‘रूपान्तरण’ शीर्षकको उपन्यास । उहाँले साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएको छ । यस क्रममा पछिल्लो समयमा दुईवटा उपन्यास एकसाथ प्रकाशन भएका छन् ‘युद्धविनाको युद्ध’ र ‘रूपान्तरण’ । यीमध्ये यहाँ ‘रूपान्तरण’को सामान्य समीक्षात्मक टिप्पणी गरिन्छ ।
इम्प्रेसन पश्लिकेसन एण्ड मिडिया प्रा.लि काठमाडौं प्रकाशक रहेको पुस्तकको पहिलो संस्करण हो, जुन २०८० सालमा प्रकाशित भएको छ । सर्वाधिकार लेखक स्वयम्मा रहेको यस पुस्तकको सम्पादन पत्रकार कृष्ण भुसालले गर्नुभएको छ भने मुद्रण सुनगाभा अपसेट प्रेस प्रा.लि.बाट भएको छ । भूमिका खण्डमा १४ र पाठ्य खण्डका ११४ गरी १२८ पृष्ठको यस उपन्यासको मूल्य २५० रुपैयाँ छ । पुस्तकको छपाइ स्तरीय छ । अशुद्धि कमै मात्र भेटिन्छन् । डिएमआई साइजको पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । पुस्तकको लेआउट धीरज अधिकारीको छ भने आवरण महेश बस्ताकोटीको छ ।
यहाँ एउटा फरक खालको प्रयोग भएको पाइन्छ । उपन्यासमा एउटै कथानक र विषयसन्दर्भ रहन्छ । पछिल्लो चरणमा फरक-फरक अध्यायमा फरक-फरक शीर्षक दिएर लेख्ने प्रचलन बढेको छ, तर विषयसूची दिने गरेको पाइँदैन । यस पुस्तकमा डा.भट्टले विषय सूची दिनुभएको छ ।
आवरण आकर्षक छ । मिथिला चित्रकलाजस्तो देखिने अमूर्त चित्रहरू आवरणमा छन् । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘रूपान्तरण’ भनेर राखिएको छ । बिरुवा, बच्चा डोहोर्याएर हिँडिरहेको मानिस तथा अर्को एकजना मानिससमेत आवरणमा छन् । तल साना अक्षरमा पुस्तकका लेखकको नाम दिइएको छ । पृष्ठ आवरणमा माथि उपन्यासकार भट्टको फोटो राखिएको छ र उहाँको सामान्य परिचय दिइएको छ । जसअनुसार उहाँको जन्म २००२ सालमा पाल्पामा भएको हो । उहाँले एम.डी., पी.एच.डी (सर्जरी), डी.एस.सी.(युरोलोजी), एफ आइसिएसलगायतको औपचारिक अध्ययन उहाँले गर्नुभएको जानकारी यस पृष्ठबाट पाउन सकिन्छ ।
उहाँका एक दर्जन पुस्तक प्रकाशित रहेको जानकारी यस पृष्ठबाट पाउन सकिन्छ । जसअनुसार उहाँका भाषा, अगुवा पुस्तक, रोगसम्बन्धी जानकारी, कवितासङ्ग्रह, खण्डकाव्य, संस्मरण, उपचारसम्बन्धी जानकारी तथा उपन्यासहरू प्रकाशित भएको देखिन्छ । उहाँका धेरैजसो पुस्तक आफ्नो पेशा संबद्ध नै छन् । पुस्तकमा प्रा.पुरुषोत्तम दाहालको लामो भूमिका छ ‘चिकित्सा विज्ञान र सिर्जनाको संयोग बिन्दु ः रूपान्तरण’ शीर्षकमा । भूमिकामा पुस्तकका सन्दर्भमा धेरै कुरा बताइएको छ । यसपछि हिमालय टाइम्सका कार्यकारी निर्देशक उज्ज्वल शर्माको ‘प्रकाशकीय’ छ । त्यसपछि उपन्यासकार भट्टको ‘मेरो भन्नु’ छ । यसपछि उपन्यासको कथानक सुरु हुन्छ ।
यहाँ एउटा फरक खालको प्रयोग भएको पाइन्छ । उपन्यासमा एउटै कथानक र विषय सन्दर्भ रहन्छ । पछिल्लो चरणमा फरक-फरक अध्यायमा फरक-फरक शीर्षक दिएर लेख्ने प्रचलन बढेको छ, तर विषयसूची दिने गरेको पाइँदैन । यस पुस्तकमा भने डा.भट्टले विषय सूची दिनुभएको छ र पाँचवटा फरक-फरक खण्डलाई यहाँ उल्लेख गर्नुभएको छ । यहाँ ‘कर्म र फल’, ‘लक्ष्मी’, ‘विवाहित लक्ष्मी’, ‘सन्तान सुख’ र ‘जीवनको समीक्षा’ शीर्षकमा उपन्यासका खण्ड छन् ।
उपन्यास पठनीयसँगै सङ्ग्रहणीय छ । साङ्केतिक टिप्पणीमा धेरै कुरा लेख्न सम्भव छैन, विस्तारमा समालोचना गर्नु आवश्यक र उपयुक्त हुन्छ । समग्रमा भन्दा पुस्तक पढ्नै पर्ने खालको छ । लेखक भट्टलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना । उहाँबाट यस प्रकारका अन्य पुस्तकहरू पनि आइरहून् अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच