काठमाडौं । नेपाल हक्की संघ र नेपाल नेसनल हस्पिटलबीच खेलाडीहरूको उपचार सेवासम्बन्धी सम्झौता भएको छ । नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेसनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार अस्पतालले नेपाल हक्की संघमा आबद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै मेडिकल निर्देशक डा. पौडेलले खेलाडीहरूको उपचारका सम्बन्धमा अस्पताल सदैव साथमा रहने बताउँदै ढुक्क भएर खेलमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
‘अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई दिने उपचार सेवामा जोडिन पाउनु हाम्रा लागि खुसीको कुरा हो । खेलाडीहरूलाई सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो,’ निर्देशक डा. पौडेलले भन्नुभयो, ‘म खेलाडीहरूलाई ढुक्क भएर खेलमा केन्द्रित हुन आग्रह गर्दछु ।’
नेपाल हक्की संघकी महासचिव श्रेष्ठले सम्झौताका लागि अस्पताललाई धन्यवाद दिँदै भन्नुभयो, ‘खेल र ट्रेनिङका दौरान खेलाडी घाइते हुन्छन् । आर्थिक समस्याका कारण चिन्ता लिएर खेल्नुपर्ने अवस्था छ । अस्पताल उपचारका लागि अगाडि बढेकाले चिन्ता हटेको छ, हामी ढुक्क भएका छौँ ।’ श्रेष्ठले अस्पताल र संघको सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा संघका सचिव असीम शर्मालगायत अन्य सदस्य तथा प्रदेश जिल्लाका पदाधिकारी सदस्यहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच