✍️ कलानिधि दाहाल
यो शान्त प्राकृतिक सौन्दर्यले झकिझकाउ त्यति सहज अवस्थामा त निश्चय नै छैन । यसका एक भागमा माउरु, कुक आइल्याण्ड, सामुवा, तुङ्गा पर्दछन् भने अस्ट्रेलिया, फिजी, पपुवान्युगिनी, न्युक्यालोडोेनिया, तामुवा, टोङ्गा, सोलोमोनजस्ता टापु वा देशहरू पर्दछन् । यीमध्ये यिनेगिनेका र नाम चलेका अष्टे«लिया, फिजी, पपुवान्युगिनी पर्दछन् । अन्य टापुहरू स्वायत्त छन्, स्वतन्त्र छन् । कसैले यिनलाई लिने चाहना पनि राखेर प्रयास गरेको देखिँदैन । शक्तिसम्पन्न वा विकसित राष्ट्रका लागि शक्तिविस्तारमा अवरोधक बने लिन खोज्ने हुन् । लिँदा अनुकूल अवस्था सिर्जना हुने देखिए न लिन खोज्ने हुन् ।
यी कुनै सम्भावना नभएपछि चुपचाप चुपचाप जे छन् जस्ता छन् ती त्यस्तैमा रहेका छन् । अधोगति त छँदैछ प्रगतिको सानो स्वप्निल झिल्कोसम्म पनि पाइँदैन । माथिका बाहिरी जगत्मा परिचितबाहेकका टापुहरू अहिले पनि प्राकृतिक गतिमा छन्, जङ्गली अवस्थामा छन् । सत्तामा रहेका एकाध व्यक्तिबाहेक यी टापुका जनतामा न चेतनाको विकास छ, न त आधुनिक दुनियाँको दौड, न आफ्नै शरीरको ख्याल छ, न त बदलिँदो बाहिरी विश्वको मतलब । न्युजिल्याण्ड आफैँ सम्पूर्ण खाद्यपदार्थमा परनिर्भर छ, भेडा, गाई, फलफूल र तरकारीबाहेक यसले अन्य कुनै उत्पादनतिर अद्यावधि ध्यान दिएको छैन, सोच बनाएको छैन । विश्वमा नै प्रसिद्घि आर्जन गरेको न्युजिल्याण्डको ऊन, गाईका विविध प्रकार र राष्ट्रियस्तरमा उत्पादित फलफूल, सुन्तला, स्याउ, अङ्गुर, किबी आदि निर्यात गरी खाद्य आयातबाट अघि बढेको देश हो ।
कतिपय टापु पनि आश्चर्यलाग्दा छन् । मोटाइ घटाउन डुलौंभन्दा पनि एक घण्टामा पूरा देश घुमिसकिन्छ । तैपनि यी टापुमाथि कसैका आँखा पर्दैनन् । किन ? कारण यिनलाई लिएर प्राप्तिशून्य, गुम्ने-व्यवस्थापनमा श्रम खर्च हुने बढी सम्भावना भएर नै हो ।
यस वरिपरिका टापुहरू विवश विडम्बनामा जीवन बाँचिरहेका छन् । क्षेत्रफलको गणितीय मापनमात्र सुन्दा पनि आश्चर्य लाग्ने टापुको अवस्थितिमा जीवन कस्ता होलान् ? अष्टे«लिया, फिजी र न्युजिल्याण्डले काम नलाग्ने भनेर रद्दीको टोकरीमा राखेको चिज नै यिनका जीवनरक्षाका साधन हुन् । महङ्गा र असल तथा स्वास्थ्यबद्र्घक खाद्य किनेर वा आयात गरेर खान सक्ने यिनमा कुनै क्षमता छैन । अर्थार्जनका अभावमा नगन्य मूल्यका सामान प्रयोगले गर्दा ओछ्यानमा पनि कोल्टे फर्कन नसक्ने शारीरिक अवस्थाको बनोट यिनका वरदान बनेका छन् । किशोरावस्था लाग्न नपाउँदै दुई सय पाउण्डका वजनमा रहनु प्राकृतिक चेतनागत आधुनिकताको अभाव, राष्ट्रिय आयको शून्यताका बाध्यतामा यिनीहरू बाँचेका छन् ।
कतिपय टापु पनि आश्चर्यलाग्दा छन् । मोटाइ घटाउन डुलौंभन्दा पनि एक घण्टामा पूरा देश घुमिसकिन्छ । तैपनि यी टापुमाथि कसैका आँखा पर्दैनन् । किन ? कारण यिनलाई लिएर प्राप्तिशून्य, गुम्ने-व्यवस्थापनमा श्रम खर्च हुने बढी सम्भावना भएर नै हो । एक छिन यसै सन्दर्भमा नेपालतिर फर्कौं । दुई विश्वकै जनसंख्यासमेत बढी भएका देश भारत र चीनबीचमा रहेको छ यो देश । यतिमात्र नभएर उत्तरतिरको निरङ्कुश साम्यवादी विशाल देश चीन र दक्षिणतिरका भारतलगायत अमेरिका÷युरोपलगायत स्वतन्त्र प्रजातान्त्रिक मुलुकका बीचको वैचारिक द्वन्द्व नै नेपालका लागि हानिकारक बनेर रहेको छ नत्र स्वार्थी विपक्षी नेताका भोटका झोली भर्नका लागि भट्याउने ओठमात्र हुन्-सरकारले देश बेच्दैछ, विदेशको गुलाम बन्दैछ, विदेशीका इसारामा नाचेर देशको अस्मिता समाप्त गर्दै छ भन्ने नाराहरू ।
आफ्नै देश सम्हाल्न नसकेर रोइरहेका मित्र राष्ट्रहरू यो भिखारी देशलाई लिएर किन टाउको दुखाउने ? अर्को महत्वपूर्ण सन्दर्भ अझ बलवान छ । विश्वकै ठूला राष्ट्रमध्ये छयानब्बेऔं राष्ट्रमा नेपाल पर्दछ । संयुक्त राष्ट्र संघको प्रत्यक्ष आँखाबाहिर यो छैन भने यसलाई लिने प्रयास गरेर अन्तर्राष्ट्रिय न्यायालयको तारिख किन खेप्छन् अहिलेका दुनियाँले ? सब भुइँफुट्टे अनपढ तर जागिर चाहिँ सांसद बनेर खाइहालौं भन्ने दुईपैसे नेताहरूका जनताका आँखामा छारो हाल्ने चालबाजीमात्र हुन् ।
अस्ट्रेलिया र न्युजिल्याण्ड उस्तै इतिहास बोकेका दुई छिमेकी देश हुन् । दुवैको भूगोल वा भौगोलिक बनोट एउटै छ । दुवै देश असी प्रतिशत भन्दा माथिको जमिन खाली राख्न विवश छन् । अझ यसो भनौं दुवै देशमा असी प्रतिशत भन्दा पनि माथिको जमिन निर्जन छ, विकट छ, चाहेर पनि बस्ती बसाउन सकिने सम्भावनामा छैन । आफ्नै जमिनमा बस्ती बसाउन घाँडो भइराखेका यिनले अर्को लिऊँको कल्पना गर्न सक्छन् र ? त्यसैले यतातिर विदेश र विदेशीका विरुद्ध कहीँ कतै एक शब्दसम्म पनि नारा सुनिँदैनन् चुनावी माहोल तातेका बेलामा समेत । अब सोचौं हामी कति तल्लो मानसिकताबाट गुज्रिरहेका छौं ?
यो पनि वैचारिक स्वार्थमा भए राम्रो हुन्थ्यो, आस्थागत अडानका स्वार्थमा भए अझ असल हुन्थ्यो तर हामी व्यक्तिस्वार्थका घिनलाग्दा हिलेपोखरीमा छौं, जातिस्वार्थका दहमा छौैं, परिवार स्वार्थका हिलामा छौं, नाताकुटुम्ब स्वार्थका हिले खरानीमा पौडी खेलेर सफा भएका ओठे नाटकमा रमाइरहेका छौं । ठीक उल्टा यी देशमा अन्य देशका त कुरा नै छाडौं सुत्केरी महिला अस्पतालमा मृत्यु भएका जस्ता सामान्य घटना जसमा राजनीतिक पदीय त्रुटिको रत्तिभर दोष छैन र पनि स्वास्थ्यमन्त्रीका राजिनामा स्वेच्छाले सहज रूपमा हुन्छन् । त्यत्तिकै कहाँ सफा देशका सूचीमा पर्छन् र ? न्युजिल्याण्ड घुस नखाने, आफन्त, नाताकुटम्ब पूजामा नरमाउँने पाँचवटा देशको शृंखलामा पर्दछ । अब यिनीहरूले छिमेकीलाई हडप्ने, उनीहरूप्रति कुदृष्टि राख्ने भन्ने त कुरै छोडौंं ।
नजिकका छिमेकी टापुहरूलाई बरू कसरी बँचाउन सकिन्छको चासोमा न्युजिल्याण्ड होस् वा अष्ट्रेलिया, इटली होस् वा फिलिपिन्स् लागिपरेका देखिन्छन् । उनीहरूका अस्तित्वमाथि हमला गर्ने त कुरै छाडौँ । यस किसिमका छिमेकीका सद्प्रयास हुँदाहुँदै पनि आफ्नै देश कृषियोग्य नभएकाले र खाद्य अन्य देशबाट नै आयात गर्नुपर्ने बाध्यता न्युजिल्याण्ड र अष्ट्रेलिया दुवैमा छ । आयात गरिएका चिज, वस्तु यसै पनि मूल्यका हिसाबले आकाश छुने हुन्छन् । यस्ता स्वास्थ्यबद्र्धक बढी मूल्य पर्ने सामान उनीहरू वा साना छिमेकी टापुका लागि क्रयशक्तिभन्दा माथिमात्र नभएर सोचाइका सीमाभन्दा बाहिरका हुन्छन्, परका हुन्छन् ।
क्षेत्रफलका आधारमा हेर्ने हो भने अष्ट्रेलिया त यसै पनि विश्वकै छैटौं ठूलो देशका रूपमा देखिन्छ । न्युजिल्याण्ड पनि क्षेत्रफलका आधारमा सानो छैन । दुई लाख अठसठ्ठी हजार एक्काइस वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नेपालको लगभग दोब्बर ।
यिनीहरूका क्रयशक्तिका सीमामा प्रयोग गर्न सक्ने भनेका अष्ट्रेलिया र न्युजिल्याण्ड दुवैले अस्वस्थकर ठानेर पन्साएका वस्तु वा चिजमात्र हुन् । यस्ता खाद्यपदार्थका प्रयोगले गर्दा यी टापुका मानिस शारीरिक रूपले शक्तिहीन तर देख्दा चाहिँ डरलाग्दा हुन्छन्, देखिन्छन् । अस्वस्थ्य तर मोटा उनीहरू कति बेला हुन्छन् ? कति बेला जान्छन् ? सामान्य अनुमानभन्दा पनि बाहिरको अवस्था यी टापुका जनतामा रहेको मानवीय दुःखद् अवस्था पनि यता आँखासामु छर्लंग देख्न पाइन्छ । साना टापुका दुवै शक्तिसौन्दर्य ठानिएका र अहिले त आणविक प्रतिस्पर्धामा पनि अग्ला मानिएका देश नै भौगोलिक रूपले ज्यादा फराक तर उत्पादन क्षमताका दृष्टिले शून्यप्रायः भएका हुँदा चाहना सहयोगी भएर पनि गर्न नसकिने बाध्यताका भुँमरीमा रहेको तथ्य छर्लंग देख्न सकिन्छ ।
क्षेत्रफलका आधारमा हेर्ने हो भने अष्ट्रेलिया त यसै पनि विश्वकै छैटौं ठूलो देशका रूपमा देखिन्छ । न्युजिल्याण्ड पनि क्षेत्रफलका आधारमा सानो छैन । दुई लाख अठसठ्ठी हजार एक्काइस वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नेपालको लगभग दोब्बर । नेपालका जुनसुकै विकट ठाउँमा पनि ताछिएका पहरामा बाहेक मन लगाएर गर्ने हो भने उब्जाउ नहुने ठाउँ छैनन् । ठीक उल्टो स्थिति यी दुई देशको छ । घाँसे चउर छन्, निर्जन टापु छन्, हरियालीयुक्त पाखापखेरा पनि छन् । झट्ट हेर्दा मान्छे नै अल्छे भएर हो कि झैँ लाग्दछ । वास्तवमा यस्तो होइन रहेछ ।
तन, मन, धनसमेत समर्पण गरे पनि, ओच्छ्याए पनि त्यसको एक पित्कोसम्म प्रतिफलको आशा निराशामा परिणत हुने भएकाले खेतीको सोच नै शून्य । यसर्थ फललगायत चरनमा आधारित प्राणी पालनमा निर्भर जमिन भएकाले मान्छेभन्दा सहस्र गुणा बढी गाईभेडाका देशका रूपमा चिनिन्छन् दुवै देश । यस कारणले पनि छिमेकी टापुहरू कुनै पनि समय मानवरहित हुन पुगेमा आश्चर्य रहँदैन, मानिँदैन । यी उदेकलाग्दा ठाउँहरू जो देशका रूपमा विश्वनक्शामा अंकित छन् यिनीहरूमा आफ्नै खालका स्वघोषित स्वाभिमान त छ नै दायरा अत्यन्त साना, बुझाइ सीमित, क्षमता लगभग शून्य ।
अहिलेको चेतनाको स्तर, प्रतिस्पर्धाको अग्लो उचाइ, दिन दुगुणा रातचौगुना, आणविक क्षेप्यास्त्रका सामु यी राष्ट्र र यिनका राष्ट्रियता भित्रका स्वाभिमान वा भावना कुन समयसम्म अंकुरित अवस्थामा रहलान् ? मानिसका अनुमानभन्दा बाहिरका कुरा हुन् । समयको आगमनले नै यिनीहरूका समयका सीमा निर्धारण गर्दछ ।
सामुद्री उछालका लप्का उफ्रने त छँदै छ बेलाबखत बौलाउने सुनामीका निशाना नै मानव समाप्तिमा हिजो थिए, आज छन्, भोलि पनि यिनलाई टाढा भगाउने कुनै पनि आध्यात्मिक त कुरै छाडौं वैज्ञानिक सोचका समेत काबुभन्दा बाहिर यी टापुहरू रहेका छन् । सोचेर केही नहुने, चिन्ता र चिन्तनले समाधान नदिने बनेर क्षणिक अस्तित्वका मुस्कानमा मात्र सीमित छन् यिनीहरू । निकै मजबुत र विश्वमै चर्चित माल्दिभ्सको त आयु छोटो रहेको यस अवस्थामा उल्लिखित टापु अस्तित्व त समयलाई नै जिम्मा लगाउनु सिवाय अर्को विकल्प देखिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच