सिंजा गाउँपालिकाद्वारा शैक्षिक सुधारका लागि विद्यालयमा वडा समिति गठन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्थालाई सुधार गर्नेका लागि पालिका भित्रका सामुदायिक विद्यालयमा वडा समिति गठन गरेको छ । विद्यालयमा खस्कदै गएको शैक्षिक अबस्थालाई गुणस्तरीयता कायम गर्नेका लागि पालिकाको छवटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमुख शंकर धितालले जानकारी दिनुभयो ।

वडा समितिले आफ्ना वडा भित्रका शैक्षिक संस्थालाई चलायमानदेखी नियमन सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप जिम्मेवार बनाउन विद्यालयमा वडा समिति गठन गरेको शिक्षा शाखाका प्रमुख धितालको भनाइ छ । पालिका भित्रका १९ वटा सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम समेत संचालन गरेको सिंजा गाउँपालिका शिक्षा शाखाका प्रमुख शंकर धितालले बताउनुभयो ।

विद्यालयको शैक्षिक अवस्था र विद्यार्थीको सिकाई क्रियाकलापको निगरानी राख्नेदेखी अविभावलाई जिम्मेवारी बनाउन घरमै विद्यार्थीलाई पढाई गर्ने वातावरण तयार पर्ने सिंजाका सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रमले शैक्षिकमा राहत पुग्ने सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो ।

शिक्षा क्षेत्रलाई केही सुधार गर्नेका लागि यहाँका विद्यालयमा वडा समिति र अभिभावक शिक्षा कार्यक्रमले महत्वपुर्ण भुमिका हुने भएकाले अभिभावक, शिक्षक तथा बिध्यार्थी बिच अन्तक्रिया र विद्यालयको आमुल शैक्षिक परिबर्तनका लागि अविभावक शिक्षा कार्यक्रम संचालन स्थानीय सरकारको विशेषध्यान गएको सिंजा गाउँपालिकाका प्रमुख प्रशनसकीय अधिकृत मित्रलाल धितालको भनाइ छ । विद्यार्थीको वास्तविक सिकाई अवस्था पहिचान गर्नका लागि शिक्षक,विद्यार्थी,जनप्रतिनिधि र अभिभावकबिच शिक्षा क्षेत्रमा देखा परेका समस्यालाई हल गर्नका लागि पालिकाको शिक्षा शाखाले संचालन गरेको सो कार्यक्रम महत्वपुर्ण रहेको मालिका मावि धापाका शिक्षक परेक खत्रीले बताउनुभयो ।

आगामी आउने आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट आउनु भन्दा पहिलानै शिक्षा शाखाले विद्यालयको शैक्षिक अवस्था परिवर्तनका लागि विद्यालयको समस्या गुनासो र शैक्षिक क्षेत्रलाई विकास गर्नेका लागि सबै निकायबाट सुझाव संकलन गरेको सिंजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । शिक्षा शाखाले विद्यालयमा लागु गरेको वडा समिति गठन र अभिभावक शिक्षा कार्यक्रमले यहाँका विद्यार्थीलाई निकै राहत पुगेको सिंजा गाउँपालिकाका विद्यार्थीहरु बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?