काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहितकुमार पौडेलसहित छजना खेलाडीलाई मासिक एक लाख रुपैयाँ पारिश्रमिक दिने भएको छ । क्यानले केन्द्रीय सम्झौताको ‘ए’ ग्रेडमा परेका छ खेलाडीलाई मासिक एक लाख रुपैयाँ तलब दिने निर्णय गरेको हो । ग्रेड ‘ए’ मा रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहनुभएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक एक लाख रुपैयाँ तलब दिने निर्णय गरेको हो ।
पुरुषतर्फ ‘बी’ ग्रेडलाई ७० हजार, ‘सी’ लाई ५५ हजार, ‘डी’ लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय बोर्डले गरेको छ । ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, अभिनाश बोहोरा रहनुभएको छ । ग्रेड ‘सी’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी हुनुहुन्छ भने ग्रेड ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ रहनुभएको छ ।
त्यस्तै, महिलातर्फ ‘ए’ ग्रेडका खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘बी’ ग्रेडलाई ३५ हजार, ‘सी’ लाई ३० हजार, ‘डी’ लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय छ ।
महिलातर्फ ग्रेड ‘ए’मा इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर, ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पूजा महतो, अश्मिना कर्माचार्य र ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल रहनुभएको छ ।
यस्तै, पुरुष इमर्जिङ क्याटगोरीमा दीपेश कँडेल, रूपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी र महिला इमर्जिङ क्याटागोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कञ्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का, सना प्रविन रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच