कोका-कोलाको सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट

Read Time = 3 mins

काठमाडौं । कोका-कोला फाउण्डेशनको आर्थिक सहयोगमा क्रियसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो-थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका-कोलाका कन्ट्रीे डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएसआर डिरेक्टर राजेश अयापिल्ला, क्रियएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोका-कोला बोटलर्स नेपालका वरिष्ठ प्रतिनिधिको उपस्थितिमा प्लान्ट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

एकपटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने अक्सिजन प्लान्टबाट प्रतिसेकेन्ड दुई सय ४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि क्रियसन र कोका-कोला फाउण्डेशनलाई दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले भन्नुभयो, ‘कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपद्बाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुरा महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्ता सक्रिय संघ-संस्थाकोे सहयोग पाउँदा हामी निकै खुशी छौँ ।’

स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका-कोला फाउण्डेशनले जनाएको छ ।

क्रियसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भन्नुभयो, ‘अक्सिजन चाहिने बिरामीलाई अक्सिजन प्लान्ट प्रदान गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यसले अस्पतालमा भएको अक्सिजनको कमीलाई धेरै हदसम्म समाधान गर्ने आशा गर्दछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?