![‘खजुरे ब्रो’ को फष्टलुक पोटर सार्वजनिक](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Khajuree-Bro.jpg)
काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनुभएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिनुभएको छ । छिरिङ र जगदीश गुरुङ (जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजारा २७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएष्ट एल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड (पेयर)’को रेकर्ड राख्नुभएको थियो ।
राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उहाँलाई बधाई दिनुभएको थियो । सन् २०२४ को स्प्रिङ(अप्रिल-मे)मा सगरमाथासमेत आरोहण गर्न लाग्नुभएकी छिरिङलाई राष्ट्रपति पौडेलले आरोहणको शुभकामना पनि दिनुभएको थियो । ‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो’, छिरिङले भन्नुभयो, ‘यो सम्मानले मेरो एउटा सपना पूरा भएको छ ।’
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा संघीय सांसद् एवं अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकप्रसाद रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा-५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा-५ का सदस्य धर्मथिङ लामा, नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रवीन घिमिरेलगायतको उपस्थिति थियो ।
छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो । ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरूले ज्यान गुमाउनुपरेको छ । उनीहरूले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यसकारण उनीहरूको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उहाँले भन्नुभयो ।
छिरिङले पासाङ ल्हामु फाउण्डेशनबाट हिमाल आरोहणसम्बन्धी तालिम लिनुभएको छ । उहाँ ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।
दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरिसक्नुभएकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुनुहुन्छ । शेर्पा चलचित्र ‘तिन्छेन फामा’मा अभिनय गर्नुभएकी उहाँले चलचित्र ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै हुनुहुन्छ । चलचित्र ‘तिन्छेन फामा’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो । उहाँ टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुनुहुन्छ । छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ मा जन्मिनुभएकी छिरिङ हाल गोर्कणेश्वर नगरपालिका-५ नारायणटारमा बस्नुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच