टर्कीमा क्रोमाइट खानी भत्कियो : कामदारको उद्धार जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । टर्कीको पूर्वी प्रान्त एलाजिगमा सोमवार क्रोमाइट खानी भत्किँदा केही मानिसहरु बेपत्ता भएका छन् । जसमध्ये ४ जनाको उद्धार गरिएको बताइएको छ । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले बेपत्ताको खोजि कार्य जारी राखेको बताएको छ ।

पालु जिल्लामा रहेको खानी भत्किएको हो । इलाजिगका गभर्नर ओमेर तोरामारले लिखित बयानमा टर्कीका अधिकारीहरूले घटनाबारे न्यायिक र प्रशासनिक अनुसन्धान शुरु गरेको बताउनुभएको छ ।

फेब्रअरी १३ मा पूर्वी प्रान्त एर्जिनकानमा रहेको सुन खानीमा पहिरो जाँदा नौ जना कामदार बेपत्ता भएका थिए । यससँगै टर्कीमा खानी सुरक्षाको बारेमा बहस शुरु भएको छ ।

उत्तरी ओर्डु प्रान्तमा, स्थानीय अदालतले स्थानीय वातावरणीय संघहरूले दायर गरेको मुद्दामा अल्टिनटेप खानी कम्पनीको इजाजतपत्रको लागि दिइएको समय बिस्तार रद्द गरेको छ । कम्पनीले सन् २०१५ देखि ओर्डुको फत्सा जिल्लामा सुन र चाँदीको खोजी गरिरहेको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?