फाकफोकथुम र सिक्किम जोडिदै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 7 mins

इलाम । सन्त गुरु ज्ञानदिल दासको जन्म भुमी इलामको फाकफोकथुम गाउपालिकामा पर्ने आमचोक र समाधिस्थल रहेको सिक्किमको गेलिङसंग सम्बन्ध जोड्न दुबै क्षेत्रका सन्त गुरु ज्ञानदिल दास सम्बन्ध संस्था सहमत भएका छन् । ज्ञानदिल दासको जन्मभूमि ‘आमचोक’को पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गर्नुभएको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले गएको फागुन ११ र १२ गते आयोजना भएको सम्मेलनबाट दुई क्षेत्र जोड्न सहमत जुटेको हो । सम्मेलनमा नेपाल, भारतका साहित्यकार, कवि र उनका अनुयायीहरुको उपस्थिति रहेको थियो । सम्मेलनमा वक्ताहरुले ज्ञानदिल दासको जीवनी र उहाँको बहुआयमिक कार्यक्षमताको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए ।

सन्तकवि ज्ञानदिल दासको जन्मभूमिबारे कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको तथ्याङ्क तयार गरी सत्य इतिहास स्थापित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

यस्तै इलाममा भारतीय पर्यटकहरु आइरहेको सन्दर्भमा सिक्किमका पर्यटकहरुलाई फाकफोकथुम भ्रमणमा प्रोत्साहित गरिने पालिका प्रमुख दिपेन्द्र खनालले बताउनुभयो । खनालले गुरु ज्ञानदिल दासका नामले दुई स्थानलाई जोड्न आमचोकमा आयोजना भएको सम्मेलनले सार्थकता पाउनेमा बिश्वाससमेत ब्यक्त गर्नुभएको छ ।

यता गुरु ज्ञानदिल धाम मन्दिर प्रवन्धन समिति सिक्किमका अध्यक्ष गोबिन्द शर्माले इलामको आमचोक र सिक्किमलाई जोड्न आवश्यक रहेको बताउदै दुबै स्थानलाई जोड्न फाकफोथुम गाँउपालिकाले यो सम्मेलन आयोजना गरेर सहज बनाएको बताउनुभयो ।
उहाँले अब चाडै सिक्किमको गेलिङमा अन्तराष्ट्रिय सम्मेलन समेत गर्न लागिएको जानकारी दिदै त्यस अगाडी नै फाकफोकथुम र गेलिङलाई जोड्ने कार्यक्रले सार्थकता पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

उता फाकफोकथुम गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र लिम्बुले फाकफोकथुम धार्मिक हिसाबमा निकै महत्वपुर्ण क्षेत्र रहेकाले सिक्किमवासीलाई एकपटक फाकफोकथुम घुम्न निम्तो समेत दिनुभएको छ ।

को हुन गुरु ज्ञानदिल दास ?

ज्ञानदिल दास जोसमनी धार्मिक-आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधार (हाल फाकफोकथुम-३) भन्ने ठाउँमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो ।

श्रीकृष्णको प्रारम्भिक शिक्षादीक्षा घरमा नै गुरुकुलीन पद्धतिबाट भएको थियो, जव उनी पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त-साहित्यका प्रकाण्ड विद्धान थिए । ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध विद्रोह गरेको पाइन्छ ।

पुरुषले एउटी श्रीमतीमाथि जतिवटा पनि विवाह गर्न पाउने, महिलाले आफ्नो श्रीमान् मरे पनि अर्काे विवाह गर्न नपाउने प्रथाको यिनी कट्टरविरोधी थिए । वेद, पुराणको निन्दा पनि गर्दैन थिए तर त्यसको मूलमर्म नबुझीकन् अनेकप्रकारका आडम्बर रचेर दुनियाँलाई ठग्ने, धुत्ने, लुट्ने ब्राह्मण पुरोहितप्रति उनको सधैँ विद्रोह भाव थियो । ज्ञानदिल दास जोसमनी सन्त परम्पराको प्रचार-प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तरार्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए । इलाम जिल्लाको साविक (आमचोक ५ जोरधारा टोल) हाल फाकफोकथुम गाउँपालिका वडा नं.-३ मा जन्मिएका पश्चिम सिक्किमको गेलिङ जहाँ सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेका थिए आज तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ । यिनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले रुम्जाटारलाई केही समय मुख्यथलोको रूपमा लिएर धर्म प्रचारसमेत गरे ।

उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामको सगर्व नामोल्लेख गर्न सकिन्छ ।

उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामको सगर्व नामोल्लेख गर्न सकिन्छ । महान् सन्तयोगी ज्ञानदिल दासको ओखलढुंगाको रुम्जाटारेमा सालिक निर्माण भएको छ । यसैगरी इलाम आमचोकको लामिछाने गाउँस्थित जोरधारा क्षेत्रमा शालिक र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?