
गुल्मी । गुल्मीका मगर समुदायले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निभाएपनि राज्यले वेवास्ता गरेको बताएका छन् । नेपाल मगर महिला संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घास भएको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले राष्ट्र निर्माणको प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको भन्दै राजनैतिक दलहरुले मगर समुदायलाई आफुहरु नेतृत्वमा पुग्न भर्याङ बनाएको बताए । त्यस कार्यक्रमलाई संविधान सभा सदस्य दिलशोभा पुन, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, रेसुंगा बहुमुखी क्याम्पसका अध्यक्ष श्रीप्रसाद भलामी, अधिवक्ता विष्णु प्रसाद बलाल, रेसुङ्गा नगरपालिका–८ का वडाअध्यक्ष निरञ्जन काउछाले संविधानले अबलम्बन गरेको समावेशितालाई पूर्ण कार्यान्वयनमा ल्याउन नसकीरहेको बताउनुभयो ।
कार्यक्रमलाई रेसुंगा नगर उपप्रमुख अमृतादेवि कुँवर, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, रेसुंगा नगरपालिका सामाजिक विकास समिति संयोजक लिलाधर आचार्य लगायतले राज्यले संविधानका माध्यमबाट धेरै अधिकारहरु प्रदान गरेको भन्दै सबै भाषाभाषी, जातजाति, समुदायका कला, संस्कृति यहाँका अमुल्य निधि भएको भन्दै यसको संरक्षण र जगर्नेका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
दिवसको अवसरमा ४२ औं मगर एकता दिवस सफल पारौं, भाषिक समानता कायम गर, नेपाल मगर महिला संघ जिन्दवाद, नेपाल मगर विद्यार्थी संघ जिन्दवाद, संसार भरिका मगर एक हौं लगायतका नारा सहितका प्ले कार्ड सहित तम्घास बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि चिदिचौर खेलमैदानमा आएर औपचारिक कार्यक्रम गरिएको थियो ।
चिदिचौरमा मगर परिकार तथा मगर समुदायका कला, संस्कृति र भेषभूषा प्रर्दशनी सहित ‘मगर इतिहास, भाषा संस्कृति संरक्षण संवर्द्धनमा मगरहरूको मूलतन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नाराका साथ ४२ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाईएको थियो । मगर परिकारहरु बिरम्ला, हुरहुरे जाँड, सुँगुरको मासु, ढीडो, कोदोको रक्सी, सिस्नो, बटुक रोटी, सेलरोटी, आलुको अचार, कोदोको रोटी, मकैको आटो, फापरको फुरौला, कुखुराको पाङ्ग्रा कलेजो प्रर्दशनीमा राखिएको थियो ।
जनजाती नौमती बाजा महिला समुह धुर्कोट गाउँपालिका–१ नयाँगाउँको प्रस्तुति, रेसुंगा नगरपालिका–११ को प्रख्यात कालिका नाँच समेत देखाइएको थियो । खिमा काउछाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शारदा भलामी र मिना घर्तीले गर्नुभएको थियो ।
राष्ट्रिय मगर दिवसको अवसरमा गुल्मी जिल्लाका ५ स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका थिए । जिल्लाका मालिका गाउँपालिका, कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक विदा दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच