संस्कृति मन्त्री किरातीको आतिथ्यमा भोजपुर गट ट्यालेन्ट प्रतियोगिताको फाइनल हुने

नृत्य तर्फ फाइलमा प्रवेश गरेकी बोल्न र सुन्न समस्या भएकी कौशिला ल्वागुन । उनी शिक्षकको इशारामा नृत्य प्रस्तुत गर्छिन । 

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ‘कला, संस्कृतिको जगेर्ना र हस्तान्तरण तपाईं हाम्रो उत्तरदायित्व’ नाराका साथ सुरु भोजपुर गट ट्यालेन्ट नृत्य तथा गायन प्रतियोगिताको फाइनल चरण संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किरातीको आतिथ्यमा हुने भएको छ । प्रतियोगिता अन्तर्गतको फाइनल चरणका लागि अहिले तयारी भई रहेको आयोजक डाइमण्ड क्रु सेन्टरका संयोजक सुसन घिमिरेले बताउनुभयो ।

आगामी फागुन १९ गते हुने फाइनल प्रतियोगितामा राष्ट्रिय कलाकारहरु मेलिना राई, धिरज राई, सुवोध गौतमलगायतका कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । भोजपुर फिल्मस प्रालि र डाइमण्ड क्रु सेन्टरको आयोजनामा भई रहेको प्रतियोगिताको फाइनल चरणमा नृत्य तर्फ छ जना र गायत तर्फ छ जना गरी १२ कलाकार छनौट गरिएको छ ।

फाइनल चरणका लागि नृत्य तर्फ आकृति राई, भिमराज तामाङ, कौशिका ल्वागुन, श्रीया राई, सृजना तामाङ र युनिशा बस्नेतलाई छनौट गरिएको छ । यस्तै गायन तर्फ छनौट हुनेमा अनिल राई, दिक्षा राई, पारस राई, प्रिन्स राई, सन्खु राई र सुजन खडका रहेको संयोजक घिमिरेले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कार समेत पाउने छन भने नृत्य र गायन एक वर्ष निशुल्करुपमा सिक्ने अवसर पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?