
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ ।
सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल ९तराई० लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले छ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू १२ करोड ६९ लाख ६५ हजार बराबरको दुई लाख ७७ हजार दुई सय २० कित्ता शेयर किनबेच भनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच